• विराटनगर । भानुकला केन्द्र विराटनगरले आयोजना गरेको एक नम्बर प्रदेशस्तरीय जातीय लोकनृत्य प्रतियोगितामा सुनसरीको मकालु सेकेण्डरी बोर्डिङ स्कुल प्रथम भएको छ ।
    वरिष्ठ संस्कृतिकर्मी चतुर्भुज आशावादीको ७५ औं जन्मजयन्तीको अवसरमा आयोजित प्रतियोगितामा इटहरीस्थित मकालु स्कुलले लगातार तीनपटक प्रथम भएर शिल्डसमेत कब्जा गरेको छ । यसअघि पनि मकालु दुईपटक प्रथम भइसकेको थियो । त्यस्तै झापाको धुलाबारीस्थित होलीबेल सेकेण्डरी स्कुल द्वितीय भएको छ भने विराटनगरको मोडर्न एरा इङ्लिस स्कुल तृतीय भएको छ । अनुशासनतर्फको उपाधि लर्डबुद्ध बोर्डिङ स्कुलले जितेको छ भने उत्कृष्ट प्रस्तुतिको उपाधि विकेभिएम बोर्डिङले जित्न सफल भयो ।
    मौतिकतातर्फ मोरङको खोर्सानेस्थित सिद्धार्थ बोर्डिङ र उत्कृष्ट भेषभुषाको पुरस्कार विराटनगरस्थित विद्या भूमि सेकेण्डरी बोर्डिङ स्कुलले प्राप्त गरेको छ । प्रदेश–१ का डेढ दर्जनभन्दा बढी विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
    विजेता विद्यालयहरूलाई राष्ट्रियसभाका सांसद खेम नेपाली, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, आयोजक संस्थाकी अध्यक्ष माया पौडेललगायतले शिल्डसहित प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा भानुकला केन्द्रका कलाकार दीपेन्द्र थापा, कविता लामा श्रेष्ठ, मनोज राजवंशी, संगीता यादवलगायत कलाकारहरूले पनि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सांसद नेपाली, मेयर पराजुली, प्राज्ञ विवश पोखरेल, साहित्यकार देवी पन्थी, कवि एवं पत्रकार मीनकुमार नवोदित, आयोजक संस्थाका सहसचिव प्रचण्ड पौडेललगायतले चतुर्भुज आशावादीले लोकसंस्कृतिको जर्गेनामा पु¥याएको योगदानको चर्चा गरे । भानुकला केन्द्रले विगत १३ वर्षदेखि हरेक वर्ष जातीय लोकनृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ । .

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…