• बाहुनडाँगी । बुटवल जेसीजको संयोजनमा बुटवलमा बुहुशाखा लोम अफिसर तालिम सम्पन्न भएको छ । । बुटवल जेसीजको तालिम हलमा सञ्चालन भएको तालिममा बुटवल जेसीजले मातृत्व प्रदान गरेका शाखाहरु बुटवल महिला जेसीज, रामग्राम जेसीज, भलवारी जेसीज, देवदह जेसीज छिमेकी शाखाहरु रामग्राम महिला जेसीज, कपिलवस्तु जेसीज, तिलोत्तमा जेसीज र प्रस्तावित बुद्धभूमि जेसीजको संयुक्त आयोजनामा बहुशाखा तालिम आयोजना गरिएको थियो । तालिममा नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष तथा जेसीआई नेपाल फाउण्डेसनका अध्यक्ष जेसीआई सिनेटर तिर्थ राज पौडेलले प्रमखु प्रशिक्षकको रुपमा र नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष तथा बुटवल जेसीजका पुर्व अध्यक्ष जेसीआई सिनेटर गोपाल प्रसाद पाण्डेले प्रशिक्षकको रुपमा सहजिकरण गर्नु भएको थियो ।

    कार्यक्रममा नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष, जेसीआइका पुर्व उपाध्यक्ष तथा बुटवल जेसीज सन् २०१९ का प्रमुख सल्लाहकार जेसीआई सिनेटर अनुपमान सैजु, बुटवल जेसीजका पुर्व अध्यक्ष तथा सल्लाहकारहरु जेसी मथुरा पिया,जेसीआई सिनेटर गणेशचन्द्र पोखरेल, जेसीआई सिनेटर दिनेश प्रसाद श्रेष्ठ, जेसीआई सिनेटर दिनेश श्रेष्ठ, बुटवल जेसीज बोर्ड अफ ट्रस्टिजका अध्यक्ष जेसीआई सिनेटर विन्ध्याकेशर जोशी बुटवल जेसीजका निर्वमान अध्यक्ष जेसी यम प्रसाद तिवारी लगायतको उपस्थितीले कार्यक्रमको गरिमा बढाएको थियो ।

    नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा क्षेत्र घ का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारीको प्रमुख आतिथ्यता, बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको स्वागत, रामग्राम जेसीजका अध्यक्ष नारायण सुवेदिको जेसीज आस्था पाठ तथा बुटवल जेसीजका महासचिव जेसी राजिव गौतमको सञ्चालनमा सम्पन्न भएको बहुशाखा लोम अफिसर तालिम उपलब्धि मुलक रहेको शाखा अध्यक्षहरुले बताउनु भएको छ । बुटवल जेसीजको मातृत्वमा स्थापना भएको बुटवल महिला जेसीजका अध्यक्ष जेसी लक्ष्मि थापाले तालिममा सहभागि हुदाँ मातृत्वको महशुस भएको बताउनु भयो । उहाँले भन्नु भयो हामी बुटवल जेसीजका सन्तति हौं यसरी संयुक्त रुपमा तालिम गर्न पाउँदा खुसि लागेको छ । बुटवल जेसीजको मातृत्वमा स्थापना भएको रामग्राम जेसीजका अध्यक्ष जेसी नारायण सुवेदिले तालिममा सिकेका कुराहरु समुदाय र शाखाको लागि महत्वपुर्ण भएकोले ब्यवहारमा लागु गर्नु पर्ने बताउनु भएको छ ।

    यस्तै बुटवल जेसीजकै मातृत्वमा स्थापना भएको देवदह जेसीजका अध्यक्ष जेसी केशव अधिकारीले वर्ष भरी कसरी कार्य सम्पादन गर्ने सन्र्दभमा तालिमबाट महत्वपुर्ण कुरा सिकेको बताउनु भयो । उहाँले आगामी दिनमा पनि बुहशाखा तालिमको आयोजना गर्नु पर्ने सुझाव दिदै भन्नु भयो छोरा शाखाको तर्फबाट म अनुरोध गर्दछु कि आगामी दिनमा पनि यसै गरि सहकार्य गर्न पाइयोस । यस्तै तिलोत्तमा जेसीजका अध्यक्ष जेपि भटराईले बुहशाखा तालिमले जेसीज अभियानमा नयाँ इटा थपेको प्रतिक्रिया दिनु भयो । रामग्राम महिला जेसीजका अध्यक्ष जेसी विनिता सिङले तालिममा सहभागि जेसीजका नयाँ सदस्यहरुले महत्वपुर्ण कुरा बुझ्ने अवसर पाएको बताउनु भयो ।

    कपिलवस्तु जेसीजका अध्यक्ष खुमानन्द घिमिरे यस क्षेत्रका सवै शाखाहरु मिलेर अगाडि बढ्नु पर्ने बताउँदै सवैको अपनत्व हुने गरि आगामी दिनमा अघि बढ्ने धारणा राख्नु भयो । बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले आफ्नो कार्यकालमा सहकार्य पहिलो प्राथमिकता भएको बताउदै बन्धुत्वको भावना विकास गर्न र पदाधिकारीलाई सक्षम बनाउन बहुशाखा तालिमको संयुक्त रुपमा आयोजना गरिएको बताउनु भयो । तालिमका प्रमुख प्रशिक्षक जेसीआई सिनेटर तिर्थ राज पौडेलले शाखालाई गतिशिल बनाउनु पदाधिकारी तालिमले महत्वपुर्ण भूमिका खेल्ने बताउँदै भन्नु भयो यो तालिमबाट फर्के पछि नै ब्यवहारिक नतिजा देखिन्छ । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा क्षेत्र घ का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारीले बहुशाखा तालिमको आयोना गर्न सफल भएकोमा सम्पुर्ण शाखाहरुलाइ धन्यवाद दिदै भन्नु भयो – कार्यक्रमको लागि मात्र कार्यक्रम नगरौ उपलब्धि मुलक कार्यक्रमहरु गरौ‌ । उहाँले केही दिन भित्रै आफ्नो निरुपित क्षेत्र घ मा रहेका शाखाहरुमा अनौपचारिक भम्रण गर्न आउने जानकारी समेत दिनु भयो । तालिममा ९ वटा शाखाबाट ७० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…