• काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्रीसहित २२ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । संगठन सुदृढिकरणका लागि राष्ट्रिय स्वाभिमान यात्राको तयारीमा जुटिरहेका बेला राप्रपाका दर्जनभन्दा बढी केन्द्रीय नेताहरुले पार्टी परित्याग गरेका हुन।

    पूर्वमन्त्री जयन्त चन्दको नेतृत्वमा राप्रपाका १४ जना केन्द्रीय सदस्यहरुले पार्टी परित्याग गरेका हुन्। चन्द पार्टीका पूर्व महामन्त्री पनि हुन्।

    पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरासमेत रहेका पूर्व महामन्त्री चन्दले दर्जन भन्दा बढी केन्द्रीय सदस्यका साथमा परित्याग गरेपछि राप्रपालाई ठूलो धक्का लागेको छ।

    चन्दसँगै पार्टी परित्याग गर्ने केन्द्रीय नेताहरुमा सहायक महामन्त्री भरत पाठक, कार्य सम्पादन समितिका सदस्यहरु प्रल्हाल साह, भरत गिरि र दिनेश श्रेष्ठ छन्।

    यसैगरी पूर्व सहायक महामन्त्री गोविन्द खनियाले पनि राप्रपा परित्याग गरेका छन्। खनिया लामो समयदेखि अध्यक्ष थापाका विश्वासपात्र मानिन्थे।

    परित्याग गर्ने अन्य केन्द्रीय सदस्यहरुमा सानुकाजी हेक्का, चिरागमानसिँह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेशबहादुर बिष्ट छन्।

    यसैगरी गजेन्द्रबहादुर सिँह, बिन्दा गिरि, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईंले पनि राप्रपा परित्याग गरेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…