• पोखरा, फागुन ११

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको दाबी गरेका छन् ।

    शनिबार प्रेस युनियन कास्कीको नवौं जिल्ला अधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले सरकारले चिप्ला र ठूला कुरा गर्ने तर काम केही नगर्दा जनता निराश बनेको बताए ।

    सभापति देउवाले विभिन्न बहानामा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन सुरु भएको भन्दै कानुन बनाएर प्रेसमाथि हस्तक्षप गर्न खोजिएको आरोप लगाए ।

    उनले २००७ सालदेखि नै लोकतन्त्रको पक्षमा लड्दै आएको कांग्रेस न्याय, समानता र अभिव्यक्ति स्वतन्त्रतामा कसैसित सम्झौता नगर्ने स्पस्ट पारे ।

    कार्यक्रममा प्रेस युनियन पत्रकारिता पुरस्कार पत्रकारद्वय कविर राणा र समीरजंग शाहलाई संयुक्तरुपमा प्रदान गरिएको थियो । पुरस्कारको राशि ३५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…