• धरान । झापा ग्यालेक्सी फिटनेसका ललित धिमाल दोस्रो नेपाल च्याम्पियन राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि चुमेका छन् ।

    धरानको सभागृहमा शनिबार साँझ सम्पन्न फाइलन राउण्डमा चार प्रतिस्पर्धीलाई उछिन्दै धिमालले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी जिते । धिमाल ७५ केजी तौल समूहबाट विजेता बन्दै ओभरअल राउण्डमा प्रवेश गरेका थिए । आयोजक एलाइनेट जिमका मनिष लिम्बू दोस्रो बने । ७० केजी तौल समूहबाट विजेता बन्दै ओभरअल राउण्डमा प्रवेश गरेका लिम्बूले नगद ५० हजार रुपैयाँसहित प्रमाण पत्र पाए ।

    उनी हाल हङकङमा बस्दै आएका छन् । हङ्कङबाटै स्पर्धाका लागि नेपाल आएका थिए । झापाबाटै प्रतिस्पर्धा गरेका सुमन लिम्बू तेस्रो बन्दै नगद ४० हजार रुपैयाँ जिते । त्यस्तै विराटनगरका प्रवीण राजवंशी चौथो बन्दै नगद ३० हजार रुपैयाँ जिते भने मोरङ पथरीका अजय मल्लिक पाँचौ बने । उनले नगद २५ हजार रुपैयाँसहित प्रमाण–पत्र जिते । उनीहरू क्रमशः ६५ केजी, ५५ केजी र ६० केजी तौल समूहबाट ओभरअल राउण्डमा प्रवेश गरेका थिए ।

    व्यक्तिगततर्फ बुटबलबाट सहभागी बनेका विजेन्द्रमान श्रेष्ठ बेष्ट पोजर, बुटबलकै नरेश मालाकार मोष्ट मस्कुलर मेन र बेष्ट इम्प्रुभमेन्टमा मोरङका देवीबहादुर बस्नेत घोषित भए । उनीहरूले जनही ५–५ हजार रुपैयाँ प्राप्त गरे । विजेता तथा उपविजेताहरूलाई प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, आयोजक एनाइनेट जिमका अध्यक्ष बिक्रम लिम्बूलगायतले पुरस्कार वितरण गरे । गतवर्ष पनि झापाकै रामबहादुर दाहाल पहिलो नेपाल च्याम्पियन बनेको थिए ।

    यसक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षकसमेत रहेका शिवलाल श्रेष्ठलाई आयोजकले सम्मानित गरेको छ । शुक्रबार प्रिजर्जिङ राउण्डबाट फाइलन राउण्डका लागि छनौट भएका थिए । ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी तौल समूहबाट स्पर्धा गरिएको थियो । आयोजकले यसपटक प्रशिक्षक प्रशिक्षण तालिम पनि प्रदान गरेको थियो । फागुनको ८ र ९ गते प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…