• बाहुनडाँगी १२ फागुन । जेसिआइ पोखराले पोखरा महानगरपालिका वडा नं. १८ सराङ्गकोटमा अवस्थित बाल सुधार माध्यमिक बिद्यालयमा आइतबार शैक्षिक सामाग्री वितरण गरेको छ । जेसिआइ पोखराको अभियान १ रुपैयाँ सिजन २ अन्तर्गत उक्त विद्यालयमा शैक्षिक सामाग्रीको आवश्यकता महसुस गरेर शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको हो । उक्त विद्यालयमा १८ वर्ष मुनिका विभिन्न घटना घटाएका ६५ जना बालबालिकाहरु अध्ययनरत रहेका छन् । वर्ष २०१८ बाट सञ्चालनमा ल्याइएको अभियान एक रुपैयाँका संस्थापक वर्ष २०१८ का अध्यक्ष शिव सुबेदी हुन् । उहाँले सामाजिक क्षेत्रमा पोखरा जेसीजलाई थप उचाइका साथ जोड्ने लक्ष्यका साथ यो अभियान सञ्चालनमा ल्याउनु भएको थियो ।

    शैक्षिक सामाग्री वितरण गर्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक एस. पी ओमबहादुर रानाले भुलवस भएका गल्तीहरुले गर्दा यस ठाउँमा आउनु परेको भन्दै ती गल्तीहरुलाई सुधार गरेमा सभ्य र सवल नागरिक बन्न सकिने बताएका थिए ।

    विद्यालयका प्रधानाध्यापक विष्णुहरि तिमिल्सिनाले अन्जानमा बिभिन्न कारणले घटनामा संलग्न बालबालिकाहरुलाई सुध्रने मौका दिनका लागि विद्यालयको स्थापना गरिएको जानकारी दिए ।

    कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष रणबहादुर थापा, पोखरा महानगरपालिकाका सामाजिक महाशाखाका कल्पना सापकोटा, पोखरा जेसिज बर्ष १९९४ का अध्यक्ष नारायणप्रसाद शर्मा, पोखरा जेसिसका पूर्व अध्यक्ष तथा नेपाल जेसिसका पूर्व उपाध्यक्ष गोविन्दप्रसाद देवकोटा लगायतले बोलेका थिए । उक्त शैक्षिक सामाग्री नव विद्यासदन स्टेशनरी, माछापुच्छ«े स्टेशनरी, हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले सहयोग गरेको थियो भने पोशाक वविन टेलरिङ्गले उपलब्ध गराएको थियो ।

    कार्यक्रममा संयोजक तथा बर्ष २०१९ का निर्देशक जेसि सुमन पहारीले धन्यबाद व्यक्त गरेका थिए भने स्वागत विद्यालयका प्रअ विष्णुहरि तिमिल्सिनाले गरेका थिए । पोखरा जेसिजका अध्यक्ष जेसी सन्तोष शाहीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जेसि शक्ति बरुवालले गरेका थिए ।

    सराङ्गकोटमै जेसिसको सहयोगमा निर्माण गरिएको मणिज्योती आधारभूत विद्यालयलाई जेसिसले वर्षेनी विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…