• बाहुनडाँगी । बलभद्र आधारभूत विद्यालय मेचीनगर ३ मा अभ्यास शिक्षणमा आएका विद्यार्थीहरुको आइतवार विदाई गरिएको छ ।
    भानु मावि मेचीनगर २ मा कक्षा १२ मा शिक्षा संकाय लिएर अध्ययन गर्दै गरेका विद्यार्थीहरु पुजा मगर, अञ्नु पुलामी, गिता तामाङ, पुजन रसाइली र विमला सुनुवार गत माघको पहिलो साताबाट अभ्यास शिक्षणमा आएका थिए । शिक्षा संकाय लिएर अध्ययन गर्ने विद्यार्थीले ५० नम्बर पूर्णाङ्को परीक्षाका लागि अनिवार्य अभ्यास शिक्षणका लागि जानु पर्ने हुन्छ । सोही अनुसार उनीहरुले यस विद्यालयमा १ महिना लगाएर अध्ययापन गराएका थिए ।
    विद्यालयका प्रधानाध्यापक तिलकबहादुर धिमालको सभापतित्वमा सम्पन्न विदाई कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद चापागाई, शिक्षक देबु बानियाँ र प्रशिक्षार्थी अञ्जु पुलामीले बोलेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक निरज पोखरेलले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…