धुलावारी, १२ फागुन । प्रदेश नम्बर १ स्तरीय लोक नृत्य प्रतियोगितामा झापा मेचीनगरको होलीबेल अंग्रेजी स्कुल दोस्रो भएको छ ।
भानु कला केन्द्रको आयोजनामा विराटनगरमा भएको प्रतियोगितामा सहभागि १७ वटा जिल्लाका प्रतिस्पर्धीलाई पछि पार्दै होलीबेलले दोस्रो स्थान हासिल गर्न सफल भएको हो । उक्त नृत्य डान्स टिचर प्रितम सुब्बा र कुशुम राईले कोरियोग्राफ गर्नु भएको थियो ।
होलीबेल झापाको प्रतिनिधित्व गर्दै एकल सहभागिता जनाएको थियो । प्रतियोगितामा दोस्रो बनेका विद्यार्थीहरुलाई आइतवार विद्यालयमा सम्मान गरिएको थियो । विद्यालयका संस्थापक प्रिन्पिल अणु प्रधान र निर्देशक अमृता प्रधानले नृत्यकार विद्यार्थीहरुलार्य सम्मान गर्नु भएको थियो । प्रिन्सिपल प्रधानले यो सफलताले सिंगो झापा जिल्लाका लागि गौरबको विषय भएको बताउनु भयो । धुलावारी बजारमा अवस्थित यो विद्यालय नृत्यको क्षेत्रमा अब्बल हुनुका साथै पढाईमा समेत उत्कृष्ट मानिन्छ ।