• अछाम, १२ फागुन : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आर्थिक विकास र समृद्धिको उडान भर्नका लागि आफू फरक सङ्कल्पसहित अघि बढेको बताउनुभएको छ ।

    अछाम सदरमुकाम मङ्गलसैनमा नयाँ शक्ति पार्टी नेपालले गरेको जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले आर्थिक विकास र समृद्धि एउटै व्यक्तिले गरेर नहुने भन्दै आफू विकास र समृद्धिका लागि नै पूर्व पश्चिम जनसंवादमा हिँडेको र आफ्नो कुनै पनि स्वार्थ नरहेको बताउनुभयो ।

    देश बनाउने हो भने पछिल्लो ज्ञान–विज्ञानलाई पछ्याउनुपर्ने भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले त्यसअनुरुप नै आफूले मध्यपहाडी क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मको गतिविधिहरु नियाँल्नका लागि यात्रा गरेको बताउनुभयो ।

    मध्यपहाडी लोकमार्ग निर्माणका लागि आफू अर्थमन्त्री हँुदा नै परिकल्पना गरेर अगाडि बढाएको भन्दै उहाँले नेपालको तीव्र विकासका लागि मध्यपहाडी लोकमार्गसँगै हुलाकी मार्ग पूर्व पश्चिम र कर्णाली, कोशी, बाग्मती र गण्डकी करिडोरका रुपमा उत्तर दक्षीण मार्ग तथा सहायक रुपमा सेती, महाकालीजस्ता मार्ग खोल्नुपर्ने बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…