• विराटनगर, १२ माघ  : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तराईमा लामखुट्टेबाट सर्ने रोगबाट हुने अकाल मृत्यु रोकथामका लागि प्रदेश सरकार संवेदनशील रहेको बताउनु भएको छ ।

    मोरङ क्षेत्र नं ४ का सङ्घीय सांसद अमनलाल मोदीले दक्षिण कोरियाको क्रुपी फाउण्डेसनबाट उपलब्ध गराइएका ३० थान लामखुट्टे (मच्छर) नियन्त्रण गर्ने उपकरण मेशिन आज स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री राईले जनप्रतिनिधिले मानव स्वास्थ्य रक्षामा सदैव कार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीय संरचनाअनुसार तीन तहको सरकार विकास र समृद्धका लागि काँधमा काँध मिलाई हिँडिरहेको दाबी गर्दै जनताको विकासको चाहना चाँडै नै पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

    मुख्यमन्त्री राईले तराई, पहाड र हिमाल विविधिताले भरिएको यस देशमा शान्ति सुशासन कायम भई विकास मात्र एक एजेण्डा रहेकाले विश्वका मित्रदेशीहरु आर्थिक समृद्ध कायममा सहयोग गर्न आतुर रहेको बताउनुभयो ।

    सामाजिक विकासमन्त्री जीवन घिमिरेले यस क्षेत्रमा अकल्पनीय रुपमा विकास निर्माणका कार्य भइरहेको बताउँदै जनताले त्यसको अनुभूति र परिणाम केही सयमदेखि देखिने धारणा व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रका बसोबास गर्ने आदिवासी, जनजाति पिछडिएका दलित एवम् गरीब जनताले प्राप्त सहयोगवाट जीवन सहज हुने बताउनुभयो ।

    सङ्घीय सांसद अमनलाल मोदीले लामखुट्टेका कारण विभिन्न रोगबाट सर्वसाधारण जीवन जोगाउन मेशिन उपयोगी हुने विश्वासले सहयोग गरेको बताउँदै आगामी दिन जनताको आर्थिक आयआर्जनमा कार्य जोड दिने धारणा राख्नुभयो । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले लामखुट्टे नियन्त्रण विषादी प्रयोगमा सावधानी अपनाउन आग्रह गर्दै महानगरले यस क्षेत्रमा तीन÷चार महीनामा नियन्त्रण अभियान सञ्चालन गर्न गरेको जानकारी दिनुभयो ।

    सहयोगी संस्था क्रुपका दक्षिण कोरियाका टोली नेतृत्वद्वय ली हान हू र चे होङ्गले नेपालीमा मन्तव्य राख्दै नेपाली जनतालाई सानो सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा थप सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…