• काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय रणमैदान बनेको छ । सभापती शेरबहादुर देउवा पक्ष र गैर देउवा पक्ष विद्यार्थी बिच झडप भएपछि केन्द्रीय कार्यालय रणमैदान बनेको हो ।

    नेविसंघमा ३२ वर्षे हदबन्दी हटाउनुपर्छ भन्ने पक्ष र विपक्षमा दुई समुह जुलुससहित पार्टी कार्यालयमा पुगेको थियो । हदबन्दीको पक्षधरको नेतृत्वमा निवर्तमान उपाध्यक्षद्वय रामप्रसाद अधिकारी र डिल्लीराम सुवेदी थिए भने विपक्षमा पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा पार्टी कार्यालय पुगेका थिए । दुवै तर्फको जुलुस आएसँगै ऋषिकेशजंग शाहको नेतृत्वमा रहेको समुहले अर्को पक्षमाथि एकाएक सांघातिक आक्रमण गरेपछि झडप स्थिति बनेको उपाध्यक्ष अधिकारीले बताए ।

    झडपका क्रममा १५ जनाभन्दा बढी घाइते भएको नेविसंघका निवर्तमान उपाध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार आतइबार बिहान एक पक्षले कार्यालयको पूर्वी गेट क्षेत्रमा र अर्को पक्षले पश्चिमी गेटमा जुलुस निकाल्ने सहमति भएको थियो ।

    पार्टीका महामन्त्री पूर्णबहादुर खड्का र कांग्रेस पार्टी सचिव प्रदीप पराजुलीसँग समेत सल्लाह गरेर आफ्नो असहमति र दबाब कार्यक्रम गर्न स्थान तोकिएपनि आफुहरु माथि नियोजित आक्रमण गरिएको अधिकारीले आरोप लगाए । ‘बिहानको सो सहमति भइसकेपछि पनि जुलुसको क्रममा बाहिरी गुण्डा लगाएर आक्रमण गरिनु निन्दनीय छ’, अधिकारीले भने ।

    देउवा निकट रहेका शाह पक्षधर समुहको आक्रमणमा परि विद्यार्थी नेता दिपेन्द्र क्षेत्री र रत्नहरी ढुंगेल लगायत घाइते भएका छन् । दुई पक्ष बिच झडप भएसँगै प्रहरीले लाठि चार्ज गरेको छ । प्रहरीले लाठि चार्ज गर्दा नेविसंघका कयौ विद्यार्थीहरु घाइते भएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक बस्नु अगाडि यो अवस्था सृजना भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…