• काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा शुक्रवार साँझ गराइएको बम विष्फोटको जिम्मा अर्ध भूमिगत रहेको विप्लव नेतृत्वको माओवादीले लिएको छ ।

    सो घटनामा एक सर्वसाधारणको ज्यानसमेत गएको थियो भने अन्य दुई जना घाइते छन् ।
    विप्लव माओवादीले विष्फोटमा सर्वसाधारण मारिएको दुःखसमेत व्यक्त गरेको छ ।

    बीबीसी नेपाली सेवाका अनुसार सो पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले बीबीसी नेपालीसँग बम विष्फोटको जिम्मा लिएका हुन् ।

    उनले बीबीसीसँगको कुराकानीमा सो विष्फोटमा परि सर्वसाधारण मारिएकोमा दुःख लागेको बताएको बीबीसीले उल्लेख गरेको छ । उनले

    विस्फोटमा आफूहरूले सर्वसाधारणलाई चाहिँ निशाना नबनाएको बताएका छन् ।
    एनसेलले तिर्न बाँकी रहेको पूँजीगत लाभकरतर्फ इङ्गित गर्दै उनले ‘लुटको प्रतिकारस्वरुप’ सो कदम चालिएको तर्क गरेको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

    संसद्‌को राज्य व्यवस्था समितिमा गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा ‘संविधानविरोधी तत्व’को संलग्नता भएको बताएकै दिन विप्लव नेतृत्वको नेकपाले विस्फोटको जिम्मेवारी लिएको हो।

    शुक्रबार देशका अन्य भागमा पनि एनसेलका टावरमा बम विष्फोट तथा आगजनी गरिएको थियो । सो विष्फोटपछि शान्त देखिएको नेपाल एकाएक अशान्तितर्फ गएको देखिएको छ ।

    देशभर आतंक सिर्जना हुने गरि बम विष्फोटका घटना भएपछि सरकारको आलोचनासमेत भएको छ । देशको शान्ति सुरक्षा अवस्था कमजोर रहेको पनि देखिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…