• इटहरी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संघीयताको विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीनै बढी आक्रमक रहेको आरोप लगाएका छन् ।

    नेपाली कांग्रेस इटहरी नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले चित्रबहादुर केसी भन्दा बढी प्रधानमन्त्री ओली संघीयताप्रति आक्रमक रहेको बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले देशको प्राथमिकता नै नबुझेको बताउँदै नेता थापाले भने, ‘प्रधानमन्त्री ज्यू, काठमाडौंमा रेल हैन विद्यालयमा शिक्षक पठाउनुस् ।’ पछिल्लो बम विस्पोटनका घटनाप्रति इंगित हर्दै नेता थापाले शमा संकट आइपर्ने संकेत देखिएको प्रति चिन्ता ब्यक्त गरे । कम्जोर सरकार रहेकाले देशको शान्ति सुरक्षामा खलल् पुगेको उनको टिप्पणी छ ।

    अहिले कांग्रेस सरकारमा नहुँदा जनतामा चरम निरासा छाएको नेता थापाले बताए । युद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने, संविधान जारी गर्नेदेखि तिनै तहको निर्वाचन गराउने सम्मको ऐतिहासिक काम कांग्रेसको नेतृत्वमा भएकोले कसैले पनि लघुताभास गर्न नहुने उनले बताएका थिए । अब देशको समृद्धिको जिम्मेवारी पनि कांग्रेसले नै पुरा गर्ने उनको दावी थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…