काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई पोलमा झुन्डिएका विद्युत्का तारबाट मुक्त बनाउने भएको छ ।
प्राधिकरणले यसका लागि विद्युत् वितरण लाइनलाई भूमिगत गर्ने आयोजना अघि बढाएको हो ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका अनुसार रत्नपार्क वितरण केन्द्र र महाराजगन्ज वितरण केन्द्रको क्षेत्रमा पर्ने झन्डै ६ सय किलोमिटर ११ केभी र ४ सय भोल्टेज वितरण लाइनलाई भूमिगत गरिनेछ । नयाँ पत्रिका दैनिकबाट ।