• रसुवा । रसुवामा नेपाली र नयाँ शक्ति पार्टीबीच एकता हुने भएको छ । सोमबार दिउँसो विशेष कार्यक्रम गरी पार्टी एकता हुन लागेको रसुवा जिल्ला काँग्रेस जिल्ला सदस्य उत्तम थापाले बताए ।

    उनका अनुसार कार्यक्रम दिउँसो १२ः३० वजे सुरु हुनेछ । कार्यक्रमका लागि काठमाडौंबाट काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापा लगायतका नेताहरु आउने छन् ।

    नयाँ शक्तिबाट ५ हजार भन्दा बढी नेता तथा कार्यकर्तासंग काँग्रेसको एकता हुनेछ । रसुवामा नयाँशक्तिबाट प्रदेश सांसद प्रेमबहादुर तामाङ पनि हुनेछन् । नयाँ शक्तिका जिल्ला संयोजक फुर्वा वाङ्दी तामाङको नेतृत्वमा नयाँ शक्तिबाट पार्टी एकता हुने जिल्ला सदस्य थापाले बताए ।

    रसुवाबाट एउटा गाउँपालिकामा नयाँ शक्तिले क्लिनस्वीप नै गरेको छ । यो एकताले केन्द्रमा पनि ठूलै सन्देश दिने बताइन्छ ।

    नयाँ शक्तिका केन्द्रीय संयोजक डा बाबुराम भट्टराई भने नयाँ सोचका साथ देश दौडाहामा छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…