• काठमाडौं । चर्चित गायक देवेन चेम्जोङ र गायिका मेलिना राईको स्वरमा बहुप्रतिक्षित गीत ‘आजको दिन रमाईलो गरौं न एकैछिन’ को भिडियो सार्वजनिक भएको छ ।

    गायक देवेनले आफ्नो गायन क्षेत्रकै सर्वाधिक हिट हुने आशा राखेको यो गीतको भिडियो गतबर्ष स्व : रोशन आङबुको निर्देशनमा छायाँकन गरिएको थियो तर
    संयोगवस उक्त भिडियो बजारमा ल्याउन नसकेकोले पुन: अर्जुन मुसहाङको निर्देशनमा र नारायण जिसिको छायांकनमा बनाएको म्युजिक भिडियो ‘आजको दिन रमाईलो गरौं न एकैछिन’, भन्ने बोलको गीत बुढासुब्बा डिजिटल प्रालिबाट प्रिमियर गरिएको हो ।

    गायक देबेनले आज आफ्नो जन्मदिनको खुशिमा साङ्गितिक कोसेली दर्शक श्रोतालाई दिएको बताए । उनले भने, मेरो आज जन्मदिनको खुशिमा आजको दिन यो खुशी बाढ्न चाहान्छु ।

    गीतमा दुईदिनको जिन्दगीमा रमाईलो गरौं भोली भेट होला नहोला,समयले काहाँ पुर्याउला  भन्ने आशय ब्यक्त गरिएको छ । मेलिना र गायक देवेनको युगल गायन एकदमै जमेको पाइएको छ । डान्सीङ नम्बरको गीत भएको कारण पनि एकदमै आशाबादी रहेको गायक देवेनले बताएका छन् । गायक देवेनकै शब्द रहेको गीतको भिडियो अर्जुन मुसहाङले गरेका हुन् । पूर्वी नेपालको पर्यटकिय स्थल धनकुटाको राजारानीमा छायाँङ्न गरिएको गीतको भिडियो नारायण जिसिले खिचेका हुन् ।

    बाकि भिडियो हेर्नु होला

     

    अर्को समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…