• काठमाडौं, १३ फागुन । बौद्ध घ्याङगुठीका चिनियाँ लामालाई नक्कली रिम्पोछेको संज्ञा दिँदै बौद्धनाथ क्षेत्रमा आन्दोलन भइरहेको छ ।

    बौद्ध धर्ममा गैरकानुनी गतिविधि गर्दै आएको भन्दै बौद्धका भूपतिबज्र लामालाई हटाउन बौद्धबासी र स्थानीय प्रतिनिधि जुटेका छन् ।

    भूपतिले रिम्पोछे पदवी नागरिकतामा लेखाएर देशविदेशका बौद्ध धर्मालम्बीबीच गलत प्रचार गर्दै आर्थिक सहयोग लिएर महंगो गाडी खरिद गर्नेदेखि मोजमस्तीमा खर्च गरेको आरोप छ ।

    बौद्ध घ्याङगुठीको चिनियाँ लामा भन्दै विदेशमा डलर खेती गर्दै आएका भूपतिबज्रले गुठी संस्थानका प्रशासक नारायण चौधरी र उपप्रशासक दीपकबहादुर पाँडे (हाल अवकाश) लाई ठूलो रकम घुस खुवाएको आरोप लाग्दै आएको छ ।

    चौधरीले भूपतिले पेश गरेको झुटा विवरणका आधारमा उनलाई चिनियाँ लामा नियुक्त गर्दा आर्थिक फाइदा त लिए नै विदेश भ्रमण समेत उनको खर्चमा पटक पटक गरेको स्रोतले बताएको छ ।

    स्रोतका अनुसार, भूपतिबज्रले प्रशासक नारायण चौधरी, तत्कालीन संस्थान अध्यक्ष लक्ष्मण ज्ञवाली र दीपकबहादुर पाँडेलाई चीनमात्र दुई पटक घुमाउन लगेका थिए ।

    बौद्ध बचाऔं, कथित रिम्पोछे चिनियाँ लामा हटाऔं संघर्ष समितिले बौद्धमा एक कार्यक्रमको आयोजना गरी तत्काल नागरिकताबाट रिम्पोछे पद हटाउन र दोस्रो देशको नागरिकता लिने व्यक्तिलाई सार्वजनिक पदमा राख्न नहुने भन्दै हटाउन माग गरेका छन् ।

    साथै विवरण थपी नागरिकता दिने अधिकारीदेखि रातो पासपोर्ट जारी गर्ने राहदानी विभागका कर्मचारीहरुमाथि पनि कारबाही गर्न माग गरिएको छ । २०७५ माघ १७ मा बौद्धमा जुलुसहितको भेलाले नक्कली रिम्पोछे हटाउनका लागि संघर्ष समिति नै गठन गरेको छ ।

    बौद्ध तामाङ कल्याण गुठीका संयोजक खड्गजीत लामा, प्रदेश सांसद छिरिङदोर्जे लामा, वडाध्यक्ष दीपेन्द्र लामा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामा, नागरिक अगुवा नेपालजित लामालगायतको भेलाले तत्काल चिनियाँ लामा नामले चिनिने नक्कली रिम्पोछे भन्दै भूपति लामालाई कारबाही गर्न माग गरेको छ ।

    संघर्ष समितिले २०७५ माघ १७ गते दिनको २ बजे बौद्ध क्षेत्रमा विशाल विरोध प्रदर्शन गर्ने तयारी समेत गरेको छ । संघर्ष समितिले विज्ञप्ति जारी गर्दै नागरिकहरुलाई बौद्ध बचाऔं अभियानमा सहभागी हुन अपिल समेत गरेको छ ।

    नक्कली रिम्पोछे भूपतिबज्रका कर्तुतहरु भन्दै २० वटा बुँदामा उल्लेख गरिएको पर्चा पनि बौद्धबासीलाई वितरण गरिएको छ । पर्चामा भूपतिबज्रसँग हङकङ आइडी रहेको स्रोतको दाबी छ । हङकङ आइडी भनेको त्यहाँको नागरिकता नै हो । उनीसँग नेपाली नागरिकतामा समेत दुई तीन थरी छन् ।

    यसरी दुई थरी नागरिकता लिने र त्यस्तो नागरिकता दिने सरकारी अधिकारीमाथि कारबाही हुन्छ । सर्वसधारण नागरिकले नागरिकतामा एउटा अक्षर तलमाथि भए जेल संजाय हुन्छ तर भूपतिबज्र लामाले औतारी थप्दा पनि कुनै कारबाही भएको छैन ।

    उनको नागरिकतामा औतारी शब्द पछि थपिएको छ । उनले विवरण सच्याएर नागरिकता लिएको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको छ । रातो पासपोर्ट अनधिकृत रुपमा लिएकोमा पनि उनीविरुद्ध उजुरी छ ।

    भूपतिबज्रले १९७० अप्रिल ८ बैशाख पूर्णिमामा जन्मेको भन्ने कपोलकल्पित कुरा गरी भ्रम सिर्जना गरेको, आफूलाई गुरु रिम्पोछेको औतारी भनी सिंगो बौद्ध जगतकै उपहास गरेको पर्चामा उल्लेख छ । त्यसैगरी भूकम्पपछि क्षतिग्रस्त बौद्ध स्तुप बौद्धनाथ क्षेत्र विकास समितिले पुर्ननिर्माण गरेको हो ।

    तर, भूपतिबज्रले गुठी संस्थानमा आफूले पुर्ननिर्माण गरेको भनेर झुटो प्रतिवेदन बुझाएर चिनियाँ लामा नियुक्त भएको आरोप लगाइएको छ ।

    चिनियाँ लामाले लगाउने टोपी (मुकुट) लाई गुरु रिम्पोछेको मुकुट (उर्गेन पेस्यु) भनी हङकङ, मंगोलियामा देखाई डलरको खेती गरेको आरोप उनीमाथि लगाइएको साँघुमा उल्लेख छ ।

    सम्बन्धित निकायको स्वीकृतिबिना बौद्ध महास्तुपमा झिलीमिली बत्ती राख्ने बहानामा जथाभावी ड्रिल गरी हजारौं प्वाल पारी सम्पदामा क्षति पुर्याएको, गुठीलाई निजी पेवा ठानी स्वेच्छाचारी ढंगले प्रयोग गरेको जस्ता कुरा पर्चामा लेखिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…