• फागुन १३
    आफु जन्मेको दिनलाई विशेष मानेर खुसीयालीका साथ जन्मोत्सव मनाउने चलन हिजोआज निकै बढेको छ । जन्म दिन मनाइरहँदा यसका धेरै खालका शैली र तरिकाहरु देखिन्छन् । जन्मदिनमा केक काट्ने, घरमै भोजको आयोजना गर्ने,होटल नै बुक गर्ने सम्मका शैलीहरु देखिन्छ । कतिपयले जन्मदिन होटलमा अल्कोहलयुक्त पार्टी नै आयोजना गरेर गतिलै खर्च पनि गर्छन् । यस्तै शैलीहरुका विचमा हिजो आज जन्मदिन मनाउने राम्रो शैलीको पनि विकास भएको छ । जन्मदिनमा कसैले विपन्न व्यक्तिलाई न्यानो कपडा दिने,कसैले विद्यार्थीलाई शैक्षिक सामग्री दिने जस्ता परोपकारी कार्यतिर पनि व्यक्तिको ध्यान जान थालेको छ ।
    फागुन १३ गते सोमबार रेडियो बेतनाकी आरजे अनु निरौलाको पनि जन्मदिन थियो ।



    आफ्नो जन्मदिनमा अनुले केराबारी गाउँपालिका ९ स्थित बाल कल्याण आधारभुत विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर मनाउनुभएको छ । अनुले सो कार्यक्रममा आफुलाई जन्मदिने आमा रिता कोइराला लाई प्रमुख अतिथी बनाएर ५० जना विद्यार्थीलाई ब्याग सहित शैक्षिक सामग्री वितरण गर्नुभयो । दुख कष्ट सहँदै जन्म दिएर हुर्काइ बढाई गर्ने आमा नै जन्मदाको मुख्य र प्रमुख पात्र रहेकाले उहाँलाई नै प्रमुख अतिथी बनाएको अनुको भनाई छ ।
    कार्यक्रममा अनु र उहाँकी आमा रिताले विद्यार्थीहरुलाई ब्याग,कापी कलम,सार्पनर र इरेजर वितरण गर्नुभएको थियो । अनुले शिक्षकलाई पनि कलम उपहार दिनुभएको छ । आफ्ना सहकर्मी एवम् जेसिज लगायत विभिन्न संस्थाका प्रतिनिधिका साथ सो विद्यालयमा पुग्नुभएकी अनुले विद्यालयका सबै विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

    जन्मदिन मनाउने भन्दा धेरैको दिमागमा खाने र खुवाउने कुरा नै खेल्न थाल्छ । तर आफु जन्मेका दिनमा कम्तीमा कसैको मुहारमा थोरै भएपनि खुसी छर्न सक्ने काम गर्न पाए जन्मदिनको सार्थकता हुने अनुको बुझाई छ ।‘जन्मदिनमा रेन्टुरेन्ट बारमा धेरै खर्च गरेर तडक भडक देखाउने चलन पनि छ । तर त्यो खर्चले थोरै भएपनि अरुलाई सहयोग गर्न सके उनीहरुको मुहारमा मुस्कान देख्न पाइन्छ ।’ अनु भन्नुहुन्छ,‘यसरी अरुको मुहारमा देखिएको मुस्कानले दिने आनन्द करौडो खर्च गरेर लिइने रमाइलो भन्दा धेरै माथी हुन्छ ।’
    बेलबारी स्थित रेडियो बेतनामा कार्यरत अनु अहिले जारी ‘मिस प्रदेश’को प्रतिष्पर्धी समेत हुनुहुन्छ ।
    हरेक पर्व वा उत्सव मनाउने तरिका भड्किलो र खर्चिलो हुँदै गएको यथार्थ हामीबाट लुकेको छैन् । जन्मदिन मनाउँदा पनि अनावश्यक रुपमा खर्च गर्ने मादक पदार्थको समेत प्रयोग गर्ने र रवाफ देखाउने जस्ता विकृति देखिन्छ । विकृतिहरु त्याग्न र गच्छे अनुसार परोपकारका क्षेत्रमा खर्च गर्नका यस्ता कार्यहरुले सबैलाई प्रेरित पनि गर्दछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…