• फागुन,१४ पथरी ।
    मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १ मा २०६४ सालमा स्थापना भएको क्यामपसले ११ बर्ष पछि स्नातकोत्तर तहको कक्षा सञ्चालन थालेको छ ।
    यस अघि स्नातक तहमा क्यामपसले शिक्षाशास्त्र, व्यवस्थापन र मानविकी संकाय (विएड, विविएस र विए)को अध्ययन अध्यापन गराउदै आएको थियो ।
    शैक्षिक सत्र २०७५र०७६ बाट पथरी बहुमुखीले शिक्षाशास्त्र संकायको नेपाली विषयको स्नातकोत्तर तहको कक्षा संचालनका लागि अनुमति पाए सगै पूर्ण आधुनिक (प्रोजेक्टर) प्रविधिको प्रयोग गरि सेमेस्टार पद्घतिवाट क्याम्पसले फागुन १२ गते देखी नियमित पहिलो सेमेस्टरको कक्षा सञ्चालन थालेको क्यामपस प्रमुख चेतन पौडेलले बताए ।
    आगामी शैक्षिक सत्र देखि स्नातक तहमा पनि अनिवार्य प्रोजेक्टर माध्यमबाट शिक्षण गर्ने व्यवस्थापन भइरहेको पौडेलले बताए ।
    जसका लागी क्यापसलाई पूर्ण प्रविधिमैत्रि बनाउन क्याम्पसले विश्व विध्यालय अनुदान आयोगको ६७ प्रतिशत,क्याम्पसको ३३ प्रतिशत लागानीमा ५ ओटा प्रोजेक्टर को व्यावस्थापन गरि सकेको छ ।
    साथै स्थानिय व्याक्तिहरु खप्तडी रियल स्टेटका प्रोपाईटर विजय जङ्ग वस्नेत,पथरी हस्पीटलका सञ्चालक इश्वरी सापकोटाले ५१ हजार मुल्य वरावरको १÷१ थान प्रोजेक्टर सहयोग गरिसका छन् भने अन्य सहयोगी हरुको खोजी भईरहेको क्याम्पस प्रमुख चेतन पौडेलले वतााए ।
    सिङगो नगरको एक मात्र उच्च शिक्षा हासिल गर्न सर्वसाधरण जनाताका छोराछोरीको सहज पहुँच पुग्ने नगरकै शैक्षिक धरोहरले प्राप्त गरेको सफलता इतिहासिक सफलता भएको वताउदै सोहि वडाका वडा अध्यक्षले कक्षा सञ्चालनका लागि आवश्यक पर्ने पुस्तकालय ¥याक निर्माण गर्न तत्काल बजेट व्यवस्थापन गर्ने प्रतिवद्घता जाहेर गरेका छन् ।
    आधुनिक प्रविधिको प्रयोगलाई जोड दिएर शिक्षण शिकाई क्रियाकलाप थालेको क्याम्पस लाई नगरमा मात्र नभएर प्रदेशमै उत्कृष्ट बनाउने स्थानिय क्याम्पस व्यावस्थापन समिति तथा सरकोकारवाला पक्षको भनाई रहेको छ ।
    स्नातकोत्तर अनुमति पाएसंगै पथरीशनिश्चरे आसपासका विद्यार्थीले एमएड अध्ययनका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ । भने अध्ययन गर्ने बिद्यार्थीले अन्य क्याम्पसमा भन्दा कम शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने समभावना समेत बढेर गएको छ ।
    यो वर्ष एमएडमा २० जनाको हाराहारीमा विद्यार्थी हुने अनुमान गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…