• धुलावारी । होलीबले अग्रेजी स्कुल मेचीनगर ६ धुलावारीका विद्यार्थीहरुले विज्ञान तथा चित्रकला प्रर्दशनी गरेका छन् ।
    मंगलवार विद्यालयको प्राङ्गणमा उनीहरुले बनाएका विज्ञान तथा विभिन्न चित्रकला तथा हस्तकला प्रर्दशन गरेका हुन् । प्रदर्शनीको उद्घाटन मेचीनगर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गोपाल खड्काले गर्नु भएको थियो ।
    पछिल्लो समय शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल यस विद्यालयका विद्यार्थीहरुले विज्ञानका क्षेत्रमा विकास भएका विभिन्न सामाग्रीहरु निर्माण गरेका थिए ।
    विद्यार्थीहरुले अद्योगिक विकास तथा जनघनत्वको बृद्धिका कारण कसरी वातावरणमा असर पर्छ भन्ने कुराहरु निर्माण गरेका थिए । यसैगरी, उनीहरुले मेचीनगर ६ को धुलावारी बजार, विभिन्न कागजबाट निर्माण आकर्षक वस्तु, विभिन्न विद्युतिय उपकरणहरु निर्माण गरेका थिए । यसैगरी विद्यार्थीहरुले विभिन्न खानेकुरा बनाएर विक्रि गरेका थिए । आफुले निर्माण गरेका विभिन्न सामाग्रीलाई अभिभावकहरुलाई विक्रि गरेका थिए । विद्यार्थीहरुले बनाएका सामाग्रीहरुदेखि अभिभावकहरु समेत दङ्ग परेका थिए । उनीहरुले आफ्ना नानीहरु अध्यापन गर्ने विद्यालयले नानीहरुको हौषलाका लागि गरेको कार्यप्रति धन्यवाद दिएका थिए ।
    विद्यार्थीको हौषलाका लागि विद्यालयले निर्माण सामाग्री उपलब्ध गराएको थियो । विद्यालयका संस्थापक प्रिन्सिपल अणु प्रधानले पढाइसँग सँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरुलाई अब्बल बनाउन हरेक वर्ष उनीहरुलाई विज्ञान प्रदर्शनीमा सहभागि गराउँदै आउका बताउनु भयो । ‘कक्षाकोठाको पढाईले मात्र पूर्ण हुँदैनन्’ प्रिन्सिपल प्रधानले भन्नु भयो–‘पढाइसँग सँगै हरेक क्षेत्रमा अब्बल बनाउनु नै उनीहरुको वास्तविक पढाइ हो । त्यसकारण पनि हामीले नानीहरुलाई उत्साहित बनाउँदै आएका छौँ ।’
    सोही प्रदर्शनीमा चारआलीस्थित आर्मी व्यारेकबाट सर्पदङ्स सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको थियो । व्यारेकबाट आएका कर्मचारीले विद्यार्थीहरुलाई सर्पबाट बच्ने उपायहरु बताएका थिए ।
    विद्यार्थीहरुको उक्त क्रियाकलापमा शिक्षकहरुले साथ दिएका थिए । विद्यार्थीहरुको शैक्षिक विकाससँगै सामाजमा अब्बल नागरिक बनाउन यो अभियानले सहज हुने निर्देशक अमृता प्रधानले बताउनु भयो । विद्यार्थीहरुले बिहान १० बजेबाट बेलुका ४ बजेसम्म अभिभावक तथा अवलोकनकर्ताहरुलाई प्रदर्शनीका बारेमा जानकारी गराएका थिए । विज्ञान प्रदर्शनीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बस्नेत, मेचीनगर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गोपाल खड्कालगायतले अवलोकन गरेका शिक्षक सुरज कार्कीले बताउनु भयो ।








सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…