• उर्लाबारी। सप्तकोशी आवासीय माध्यमिक विद्यालय उर्लाबारीले मनाउन लागेको रजत जयन्ती तयारी पुरा भएको छ ।
    विद्यालयले फागुन १७, १८ र १९ गते तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाउने र  तयारी पुरा भएको विद्यालयले पत्रकार सम्मेलन गर्दै जनाएको हो ।

    गुणस्तरिय शिक्षामा जोड दिँदै २०५० सालमा मोरङको उर्लाबारीमा स्थापित उक्त विद्यालयले रजत जयन्तीकै अवसरमा १ बर्षसम्म विविध कार्यक्रमहरु सञ्चालन गरेको थियो । यस्तै विद्यालयको वार्षिक परीक्षामा कक्षा उत्तीर्ण गर्ने तथा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमका विजेता र उपविजेतालाई फागुन १७ गते पुरस्कार प्रदान गर्ने कार्यक्रमतय भएको छ । विद्यालयमा लामो समय सेवा गर्ने शिक्षक, कर्मचारी र संस्थापक अभिभावकलाई सम्मान गरिने जनाइएको छ । विद्यालयले प्रकाशन गरेको स्मारिका बिमोचन पनि सोही कार्यक्रमको अवसरमा गरिने छ । यस्तै सामाजिक क्षेत्रमा उर्लाबारीको गरिमालाई उच्च बनाउन महत्वपूर्ण योगदान पुर्याउने तीन वटा संस्थालाई सम्मान गरिने छ । सम्मानित हुने संस्थाहरूमा सञ्चार क्लव नेपाल उर्लाबारी, ज्येष्ठ नागरिक समन्वय समिति उर्लाबारी र नमुना बाल गृह उर्लाबारी रहेका छन् ।
    उर्लाबारी क्षेत्रमा नयाँ शैक्षिक उचाई कायम गर्न सफल सप्तकोशी आवासीय माविले आगामी वर्ष देखि पदम कला सप्तकोशी साहित्य पुरस्कार समेत स्थापनाको घोषणा गरेको छ । पुरस्कार सम्बन्धि कार्यविधि बनाएर २०७६ साल देखि हरेक वर्ष एक जना साहित्यकारलाई पुरस्कार प्रदान गरिने संस्थापक प्रिन्सिपल लेखनाथ भट्टराईले जानकारी दिए । विद्यालयकी संस्थापक अध्यक्ष मिश्र वैजयन्तीको पहलमा पुरस्कार कोष स्थापना गर्ने निर्णय भएको प्रिन्सीपल भट्टराईले बताए ।
    रजत जयन्ती समारोहका अवसरमै विद्यालयले प्रत्येक कक्षामा २ जनालाई निःशुल्क अध्ययनका लागि छात्रवृति दिने घोषणा गरेको छ । यो छात्रवृति प्राप्त गर्ने विद्यार्थीले मासिक शुल्क र भर्ना तिर्नु पर्ने छैन् । उर्लाबारी–४ को आइतबारेमा २ विगाहा जग्गामा फैलिएको विद्यालयमा हाल कक्षा नर्सरी देखि १२ सम्ममा १ हजार १९ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले दुई वटा ब्लकमा दुई सिफ्ट गरेर विद्यार्थीलाई पढाउँदै आएको छ । २०५८ देखि प्रवेशिका परीक्षामा सामेल भएको सप्तकोशी आवासीय माविले हाल सम्म ६ सय ७३ जना विद्यार्थीलाई एसएलसी र एसईई परीक्षा उत्तीर्ण गराइसकेको छ । विद्यालयमा शैक्षिक, प्रशासनिक,ल्याव,कम्प्युटर गरी ५० कोठा रहेका छन् । विद्यालयले २०६६ साल देखि कक्षा ११ का अध्ययन अध्यापन समेत सुरु गरेको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…