• काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दूर्घटनापछि गृह मन्त्रालयमा सुरक्षा निकायको आकस्मिक बैठक बसेको छ । सुरक्षा निकायका सबै संयन्त्रको गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको हो । बैठक पछि गृहले सबै सुरक्षा निकायका संयन्त्रलाई मोविलाइज हुन निर्देशन दिएको छ । मन्त्रालयमा प्रहरी प्रमुख सर्वेन्द्र खनालसहितका अधिकारीहरु गृह मन्त्रालय पुगेका थिए ।

    ताप्लेजुङबाट फर्किने क्रममा पर्यटनमन्त्री अधिकारी सवार एयर डायनेस्टिक हेलिकोप्टर क्यास भएको हो । हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित प्रधानमन्त्रीका स्वकिय सचिव युवराज दाहाल, आंक्षिरिङ शेर्पा, विरेन्द्र प्रसाद क्षेष्ठ र अर्जुन कुमार घिमिरे रहेको गृहले जनाएको छ ।

    मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको बताईएको छ । दूर्घटनामा मानविय क्षति भए नभएको जानकारी आउन बाकिँ छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…