• उर्लाबारी,१५ फागुन ।  सप्तकोशी आवासीय माध्यमिक विद्यालयले स्थापनाको २५ औं वर्ष गाँठको अवसरमा तीन दिन रजतजयन्ती समारोहको आयोजना गर्ने भएको छ ।
    मङ्गलबार बिद्यालयमा पत्रकार सम्मेलन गरेर विद्यालयका प्रधानाध्यापक लेखनाथ भट्टराइर्ले रजतजन्ती समारोहका अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी गराउनु भएको हो । उहाँका अनुसार विद्यालयले फागुन १७ ,१८ र १९ गते तीन दिन विभिन्न कार्यक्रमको आयोजना गर्नेछ ।२५ वर्षको इतिहास समेटेर विद्यालयले प्रकाशन गर्ने स्मारिका सोही अवसरमा बिमोचन गरिने भएको छ ।

    यस्तै सामाजिक क्षेत्रमा उर्लाबारीको गरिमालाई उच्च बनाउन महत्वपूर्ण योगदान पु¥याउने तीन वटा संस्थालाई सम्मान गरिने छ । त्यसरी सम्मानित हुने संस्थाहरूमा सञ्चार क्लव नेपाल उर्लाबारी, ज्येष्ठ नागरिक समन्वय समिति उर्लाबारी र नमुना बाल गृह उर्लाबारी रहेकाछन् ।
    यस्तै विद्यालयको वार्षिक परीक्षामा कक्षा उत्तीर्ण गर्ने तथा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमका विजेता उप विजेतालाई फागुन १७ गते पुरस्कार प्रदान गरिने छ । विद्यालयमा लामो समय सेवा गर्ने शिक्षक, कर्मचारी र संस्थापक अभिभावकलाई सम्मान गरिने प्रधानाध्यापक भट्टराईले बताउनु भयो । विद्यालय स्थापना ताका ४६ जना विद्यार्थी भर्ना भएका थिए । विद्यार्थीका अभिभावकलाई सम्मान गरिने छ । प्रधानाध्यापक भट्टराईले भन्नुभयो–उहाँहरू कै कारण विद्यालयले हालको उचाई प्राप्त गरेको हो ।

    उर्लाबारी क्षेत्रमा नयाँ शैक्षिक उचाई कायम गर्न सफल सप्तकोशी आवासीय माविले आगामी वर्ष देखि पदम कला सप्तकोशी साहित्य पुरस्कार समेत स्थापनाको घोषणा गरेको छ । पुरस्कार सम्बन्धी छुट्टै कार्यविधि बनाएर २०७६ साल देखि हरेक वर्ष एक जना साहित्यकारलाई पुरस्कार प्रदान गरिने छ । विद्यालयकी संस्थापक मिश्र वैजयन्ति नेपाली साहित्य फाँटमा परिचित नाम हो । उहाँ कै पहलमा पुरस्कार कोष स्थापना गर्ने निर्णय भएको प्रधानाध्यापक भट्टराईले बताउनु भयो ।
    रजत जयन्ती समारोहका अवसर मै विद्यालयले प्रत्येक कक्षामा २ जनालाई निशुल्क अध्ययनका लागि छात्रवृति दिने घोषणा गरेको छ ।यो छात्रवृति प्राप्त गर्ने विद्यार्थीले मासिक शुल्क र भर्ना तिर्नु पर्ने छैन् ।
    उर्लाबारी–४ को आइतबारेबाट ७ सय मिटर उत्तरमा २ विगाहा जग्गामा फैलिएको विद्यालयमा हाल कक्षा नर्सरी देखि १२ सम्ममा १ हजार १९ जना विद्यार्थी अध्ययनरत छन् ।विद्यालयले दुई वटा ब्लकमा दुई सिफ्ट गरेर विद्यार्थीलाई पढाउँदै आएको छ । २०५८ देखि प्रवेशिका परीक्षामा सामेल भएको सप्तकोशी आवासीय माविले हाल सम्म ६ सय ७३ जना विद्यार्थीलाई एसएलसी र एसईई परीक्षा उत्तीर्ण गराइसकेको छ । विद्यालयमा शैक्षिक,प्रशासनिक,ल्याव,कम्प्युटर गरी ५० कोठा रहेकाछन् । विद्यालयले २०६६ साल देखि कक्षा ११ का अध्ययन अध्यापन समेत सुरु गरेको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…