अमृत बास्तोला,
तेह्रथुम ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले तेह्रथुम आठराइ चुहानडाडामा रहेको थुम्की डाँडा एयरपोर्ट निर्माण स्थलगत निरिक्षण, सम्बाव्यता अध्य्यन र स्थानीयसँगको छलफल कार्यक्रममा यस्तो देखिएको थियो।
उनी हँसीलो र खूशी देखिएर सँधै देखिने जाँगर सहित स्थानीयहरुसँग छलफल गरेका थिए। उनले सबै बिषयमा ध्यानले सुनेको स्थानीय गोविन्द राईले जानकारी दिएका छन्। उनले स्थानीयका अरु गुनासोहरु पनि ध्यान दिएर सुनेका थिए।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा परेको थियो। प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको बताइएको छ। हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन।
हेलिकप्टरमा मन्त्री अधिकारी सहित ७ जना रहेका छन्। हालसम्म क्षतिको विवरण अज्ञात रहेको छ।