• काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित एयर डायनेस्टिक हेलिकोप्टरमा सवार ६ जनाको मृत्यु भएको छ। ताप्लेजुङ जाने क्रममा पर्यटनमन्त्री अधिकारी सवार एयर डायनेस्टिक हेलिकोप्टर क्रयास भएको हो ।

    हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित प्रधानमन्त्रीका स्वकिय सचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङक्षिरिङ शेर्पा, व्यवसायी विरेन्द्र प्रसाद क्षेष्ठ, क्याप्टेन प्रभाकर केसी र अर्जुन कुमार घिमिरे रहेको गृहले जनाएको छ ।

    ताप्लेजुङको पाथिभरा जाने क्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर पाथिभरा मन्दिरको देब्रेपट्टिको भीरमा दूर्घटना भएको पुष्टि भएको छ । अहिले त्यहाँ झण्डै ४० जना जति स्थानीय र आधा दर्जन जति प्रहरी घटनास्थलमा पुगिसकेका छन् ।

    स्थानीय होटल व्यवसायी जगत कार्कीका अनुसार अहिले हेलिकोप्टर पूर्ण रुपमा क्षति भएको जनाएको छ भने अझै आगो लागिरहेको छ । सो दूर्घटनामा सबैको ज्यान गएको छ। उनी आठराई गाउँपालिकामा बन्न लागेको विमानस्थलको स्थलगत अवलोकन गरी ताप्लेजुङस्थित पाथीभराको दर्शन गर्न भनी विहान ११ बजे विदा भएका थिए।

    गाउँपालिकाका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद अधिकारीका अनुसार ११ बजे स्थलगत अध्ययन सकेर सो हेलिकप्टर पाथीभराको लागि हिँडेको थियो । त्यसपछि पाथीभराको फेदीमा दूर्घटना भएको भन्ने वडाध्यक्ष अनिल कङ्दङ्वाले जानकारी दिए । हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित ६ जना सवार रहेको डायनोस्टिक एयरले जनाएको छ। जसमा एयर डायनोस्टिकका प्रमुख समेत रहेको बताइएको छ।

    ताप्लेजुङको फेदीमा गुराँसे भन्दा पर फोक्सालुङ र फुङ्लिङ नगरपालिकाको सीमानाको बीचमा दूर्घटना भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…