• कुमार खड्का फागुन १५ पथरी ।

    हात्तीपाईले रोग विरुद्घको औषधी खुवाउने अभियान अन्र्तगत आज पहिलो दिन पथरीशनिश्चरे नगरपालिका अन्र्तगत वडा नम्वर ६ मा पनि औषधी खुवाउने कार्यक्रम सुरु भएको छ ।
    १० केन्द्र मध्येको वडा नम्वर ६ को भातेगौडा वजारमा तोकिएको केन्द्रमा सोही वडाका वडा अध्यक्ष जय बहादुर तामाङको सकृयतामा औषधी खुवाउने कार्यको औपचारीक थालनी गरिएको छ ।


    औषधी सेवन पश्चात कसै कसैलाई वाकवाकी लाग्ने, रिगटा लाग्ने, भएकाले यो औषधी सेवन गर्न हुन्न भन्ने सर्वसाधरण जनतामा थुपरिएको गलत बुझाईलाई चिर्न वडा अध्यक्ष तामाङले रोग विरुद्घको औषधी सेवन गरि अभियानमा सवैलाई लाग्न आव्हान समेत गरेका छन् ।
    तामाङ सँग सगै वाडा कार्यपालिकाका अन्य सदस्यहरु,स्थानिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,विभिन्न विध्यालयका शिक्षक, अन्य तह र तप्काको नेतृत्व गर्ने समाजका अग्र पङत्तिका व्याक्तिहरुले समेत सो औषधी सेवन गरेका छन् । कुल १ हजार २ सय घरभुरी भएको सो वडामा पुरुषको संख्या ३ हजार ६ सय ५९,महिला ३ हजार ३ सय ८० जेष्ठ नागरीक पुरुष १ सय ६६ महिला १ सय ६३, ३ वर्ष देखी माथीका केटा २ सय २९ ,केटी १ सय ७९, ४ देखी ५ वर्ष उमेर समुहका १ सय ४२ केटा,९९ केटी,६ देखी ९ वर्ष उमेर समुहका २ सय १४ केटा ,२ सय ५७ केटी र १० देखी १४ वर्ष उमेर समुहका ३ सय ४६ केटा, २ सय ८८ केटी र १५ देखी १९ वर्ष उमेर समुहका ३ सय ७८ किशोर र ३ सय १३ किशोरी गरि कुल वडाको जनसंख्या ७ हजार ३९ रहेको छ ।


    रोग निदान अन्र्तगतको पहिलो दिनमा तोकीएको केन्द्रमा आएर २०९ जनाले रोग विरुद्घको औषधी सेवन गरेका छन जसमा २ वर्ष देखी ५ वर्ष उमेर समुहका बालबालीका ३६ जना, ६ देखी १४ उमेर समुहका ५९ जना,१५ देखी ५९ वर्ष समुहका १ सय २ जना र जेष्ठ नागरीक १२ जनाले औषधी सेवन गरेको स्वास्थ्यकर्मी रिजु खड्काले वताइन ।
    कार्यक्रममा ३ सय ७३ जनाको उपस्थिति रहेता पनि १ सय ६४ जनाले विभिन्न कारण देखाएर औषधी सेवन गर्न नमानेको उनको भनाई रहेको छ ।
    विश्व स्वाथ्य संगठनले प्रमाणीत गरेको एक मात्र औषधी सेवनमा पनि नगरीक हिचकिचाउनु पर्याप्त सचेतना मुलक कार्यको अभाव भएको देखिएको छ ।
    आम नागरीक लाई विभिन्न संचार माध्यम र स्थानीय स्तरमै गएर यस अघि पनि चेतना वृद्घिको कार्य गरेता पनि उपभोक्ताको सङख्यामा केहि कमी आएको कारण विहिवार वाट स्थानिय वडाका जनप्रतिनिधी र स्वाथ्य कर्मीको सहयोगमा घर–घरमै गएर औषधी सेवन गर्न आग्रह गरिने वडा अध्यक्ष जय बहादुर तामाङले वताए ।


    साथै उनले हात्तीपाइले रोगको औषधीले कुनै पनि प्रकारको अन्य असर नगर्ने भएकाले स्वास्थ्यकर्मीको सल्लाहा अनुसार आम नागरीलाई औषधी सेवन गरि रोग निर्मुल गरी स्वास्थ्य जिवन विताउन आग्रह गरेका छन् ।
    फागुन २२ गते सम्म सञ्चालन हुने अभियानमा बुधवार नगरको अनुगमनमा आएका प्रदेश नम्वर १ का स्वास्थ्य निर्देशक भोगेन्द्र राज डोटेलले प्रदेशका ५ जिल्ला झापा,मोरङ,ईलाम,पाँचथर र धनकुटामा यो अभियान थालिएको जानकारी दिदै अभियानमा प्रयोग भएको औषधी विश्व स्वास्थ्य संगठनले प्रमाणीत गरेको औषधी भएकाले विना हिनतावोध सेवन गर्न आग्रह गरेका छन् ।
    विश्वका करडौ मानीसहरुले हात्तीपाइले रोग विरुद्घको औषधी सेवन गरिसकेको र औषधी सेवन गर्दा कसैलाई वाकवाकी लाग्ने, बान्ता हुने, रिङ्गटा लाग्ने आदि जस्ता लक्षणहरु देखा पर्न सक्ने भएको हुदा त्यस्ता लक्षणहरु देखा पर्दा नआतीन नगर स्वास्थ्य संयोजक मुरारी आर्चायले आग्रह गरेका छन् । बरु यस्ता लक्षण हरु देखा परे आफ्नो शरिरमा पनि रोगको परजिवी रहेछ अव नष्ट हुने क्रममा रहेको वुझेर खुसी हुन आग्रह गरेका छन् ।


    नेपाल सरकारले आगामी सन २०२० सम्म मा नेपाललाई हात्तीपाईले रोग मुक्त गराउने आफ्नो प्रतिवद्घतालाई पुरा गर्न बुधवार वाट प्रभावित १५ जिल्लामा हात्तीपाईले रोग विरुद्घको औषधी खुवाउने कार्यक्रम सुरु गरेको हो ।
    देश संघियतामा गए सगै स्थानिय सरकारले पनि सरकारको प्रतिवद्घतालाई पुरा गर्न आफ्नो स्तरमा जोडतोडले लागि परेका छन् ।
    सरकारको यो कदमलाई सफल बनाउन मोरङको पथरीशनिश्चरे नगरपालिका ले पनि आफ्नो सकृयता वढाएको छ ।
    विगतमा यस नगरले क्षयरोगको राजधानीको उपाधी पाईसकेको अवस्थामा हात्तीपाइले रोग लाई सो स्तरमा पुग्न नदिने ध्ययेका साथ नगर प्रमुख दिलीप कुमार राईको सक्रियतामा अभियानको थालनी गरिएको छ ।
    प्रमुखको विशेष सक्रियतामा नगरका विभिन्न तह र तप्कामा रहेका मानिसहरुले नगरले तोकेको केन्द«मा गएर सो रोग विरुद्घको औषधी सेवन गरि सरकारले देशलाई रोगमुक्त बनाउन थालेको अभियानमा साथ दिदै समाजमा रहेको गलत वुझाईलाई चिर्दै औषधी सेवन गरेका छन् ।
    अभियानलाई सफल वनाउन बुधवार नगरपालिकाले नगर क्षेत्र भित्रका विभिन्न १० स्थानमा केन्द्र नै खडा गरेर सो रोग विरुद्घ को औषधी स्वास्थ्यकर्मीको सहायतामा सर्वसाधरणलाई खुवाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…