• कुमार खड्का फागुन १५,पथरी
    मोरङको भाउन्नेमा करिब १ करोड ८४ लाखको लागतमा तराई मुलका धिमाल र राजवंशीको संस्कृती झल्कने किसिमका मूर्तिका साथ मनमोहक काल्पनिक मुर्ती सहित को सृजना पार्क बन्ने भएको छ ।


    तयार हुने पार्कमा तराई मुलका धिमाल र राजवंशीको संस्कृती झल्कने किसिमका मुर्तिका साथ मनमोहक काल्पनिक मुर्ती सहित बेलबारीलाई पहिचान गराउने सृजना रहने कार्यशालाका संयोजक तथा पुर्व नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मुर्तिकला विभागका प्रमुख धनु याक्खाले बताएका छन् ।
    नेपाल सरकारले सन २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने बताई रहँदा मोरङको बेलवारी नगरपालिका वडा नम्वर १० को भाउन्नेमा अन्र्तराष्ट्रिय स्तरको मूर्ति कार्यशालाको थालनी गरिएको छ ।
    राष्ट्रिय राजमार्ग सगै जोडिएको सुनसान चारकोशे झाडी रहेको स्थानमा झाडी फाँडेर यहिले ठूला ठूला ढुङगामा नेपाल, भारत, जापान, जर्मन, ईटाली र बंगलादेशका कलाकारहरु आफ्ना नयाँ सृजना कुद्न ब्यस्त देखिएका छन् ।


    अहिले जापानका नोरिओ ताकाओका, इटालीकी माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता र बंगलादेशका अभिजित कान्तिदास, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान मुर्तिकला विभागका प्रमुख लालकाजी लामासहित ३० जना दक्ष, व्यवसायिक मूर्तिकारले आकर्षक मुर्तिहरु कुँदिरहेका छन् ।
    जसमा ५ विदेशी र २५ स्वदेशी मुर्तिकारले काम गरिरहेका छन् । उनीहरुले १८ दिन लगाएर विभिन्न मूर्ति बनाउने वताइएको छ । त्यससपछि सृजना सामुदायिक वनको सो क्षेत्र सृजना पार्क नामको बगैंचा परिणत हुनेछ ।
    वर्तमान समयमा काठ, दाउरा, जडिवुटी मात्र विक्री गरी आम्दानी गरीरहेका सामुदायिक वनहरु अहिले वैकल्पिक आम्दानीको श्रोतको खोजीमा रहेका छन् । पूर्वीउत्तरी मोरङका सामुदायिक वनहरु वन पैदावरको विकल्प खोज्न खोज्दै
    वन क्षेत्रमा रहेका पानीका श्रोतको संरक्षण गरी सिमसार बनाउने प्रतिष्पर्धामा सामुदायिक वनहरु लागिरहँदा भाउन्नेको सिर्जना सामुदायिक वनले आम्दानीको नयाँ बाटो अपनाएको देखीन्छ ।
    जसले वन पर्यावरण लाई कायम राख्दै आन्तरिक र बाह्य पर्यटकलाई भित्राउने ध्येय राखेको छ ।
    राज्यको अवधारणा अनुसार आफुहरुले पनि पर्यटनको विकास गरी सामुदायिक वनका उपभोक्ताहरुलाई रोजगारी सृजना गर्ने लक्षका साथ पार्कको निर्माण थालिएको सिर्जना सामुदायिक वनका अध्यक्ष छत्र लिम्बूको भनाई रहेको छ । पार्क भित्र बाल उद्यान, बोटिङ, सभाहल, पिकनिक स्पटलगायत रहने बताइएको छ ।


    राज्यका कुनै पनि अंगबाट सृजना पार्कको लागि सहयोग नभएको र स्थानीयवासी व्यवसायीहरुको सहयोगबाट नै निर्माण हुन लागेको सामुदायिक वनका पूर्व अध्यक्ष एवं बेलबारी १० का अध्यक्ष गंगा याक्खा बताउँछन् ।
    उक्त पार्क निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरसम्म परिचय बनाउन सफल व्यवसायी रघु पुरीले १५ लाख रुपैयाँ सहयोग गर्ने बचन दिएका छन् ।
    प्रदेश सरकार, बेलबारी नगरपालिका, सिर्जना सामुदायिक वन, संघ संस्था, ब्यवसायी र स्थानीय बासिन्दाको सहयोगमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने जनाईएको छ ।
    गत फागुन ४ गते देखि थालिएको सो निर्माण कार्य आगामी फागुन २१ गते सम्पन्न गर्ने योजना रहेको निर्माण समितिले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…