• कुमार खड्का फागुन १६,पथरी ।
    मोरङका २ वटा पालीका लाई समेटेर आज पथरीको जिरिखिम्तीमा ७ वनको आयोजनामा गरिएको अन्र्तक्रिया कार्यक्रममा स्थानीय सरकार प्रमुख हरुले वन क्षेत्रमा वनाईने कंक्रिट कपुरथानले वन पर्यावरणलाई असर पारेको भन्दै ध्यानाकर्ष भएको जनाएका छन् ।
    उत्तरी मोरङका २ पालिका जो राष्ट्रिय राजमार्ग सँग जोडिएका पालिका हरु हुन भने जँहा १७ ओटा सामुदायिक वन रहेका छन् ।
    राष्ट्रिय राजमार्ग सग जोडिएका अधिकास सामुदायिक वनमा कंक्रिट कपुरथान अव्यवस्थीत रुपले निर्माण भएको देखिन्छ जसले वनको पर्यावरण लाई कुरुप पार्दै गएको विहिवार आयोजित अन्र्तक्रिया कार्यक्रममा वनका सहभागी प्रतिनिधि हरुले स्थानिय सरकार समक्ष जाहेर गरेका छन् ।


    जातिय सस्कार अनुसारको चलनले स्थानिय वनहरुमा निर्माण भएका कपुरथान हरुले वन विकासमा ह्रास आउनुका साथै पर्या पर्यटकमा समेत वाधा पुगेको स्थानिय सरकोरवाला भनाई रहेको छ ।
    अन्र्तक्रिया कार्यक्रममा वनमा वढ्दो रुपमा बनाईने कंक्रिट कपुरथान निर्माण नियन्त्रण,वन ढडेलो नियन्त्रण,वन्य जन्तुको अवैध चोरीनिकासी नियन्त्रण,वन क्षेत्रमा फालिने फोहोर मैला नियन्त्रण र वातावरण प्रदुषण रोकथाम लगाएतका ५ मुख्य विषय हरुमा सामुदायिक वनका प्रतिनिधी र स्थानीय सरोकार वाला पक्षका विचमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
    कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, ग्रामीण सुधार बनका अध्यक्ष नवीन राई महिला जागृति बनकी अध्यक्ष चन्द्रकला चेम्जोङ पशुपति सामुदायिक वनका अध्यक्ष ईश्वर चौहान लगायत विभिन्न जातिय संगठनका अगुवा हरुको सहभागिता रहेको थियो ।
    पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा जम्मा १२ ओटा सामुदायिक वन रहेका छन् भने आजको कार्यक्रममा ४ ओटा वनको भने प्रतिनिधित्व भने देखिएको थिएन् ।
    कार्यक्रममा ग्रामिण सुधार सामुदायिक वनका अध्यक्ष नवीन राईले स्थानिय वजार वाट उत्पादन हुने फोहोर वनमा लगेर फालिने गरेकाले वनको सौदर्यतामा कमी आउनुका साथै वन प्रदुषण वढेर गएको प्रति स्थानिय सरकार सजग हुदै वन क्षेत्रमा फालिने फोहोर मैला व्यावस्थापनमा ध्यान दिन आग्रह गरेका छन् ।
    त्यसै गरि पशुपति सामुदायिक वनका अध्यक्ष ईश्वर चौहानले वनमा भएका वन्य जन्तु शिकारीको शिकार भईरहेको अवस्थामा पक्राउ परेका तस्करहरु र पक्राउन पर्न वाकी रहेको शिकारी हरुलाई कडा भन्दा कडा कानुनी कार्वाहि गर्न स्थानिय प्रशासन सँग माग गरेका छन् ।
    कार्यक्रममा प्रमुख र विशिष्ठ अथितिको रुपमा रहेका पथरी शनिश्चरेका प्रमुख दिलिप कुमार राई र कानेपोखरी गाँउपालिकाका प्रमुख तारा बहादुर काफ्लेले पालिका स्तरमा रहेका सामुदायी वनहरुले उठाएका सवाल हरुलाई स्थानिय सरकारले गम्भीर रुपमा लिदै ध्यानकर्षण भएको जनाएका छन् ।
    बजार बाट हाल निस्कदै आएको फोहोर लाई व्यावस्थापन गर्न दुवै पालिकाले अन्य छिमेकी पालिका सग सहकार्य गरी चाडै उचित ठाँउको व्यावस्थापन गरि फोहोर लागएत सवै समस्याको दिगो व्यावस्थापन गर्ने दुवै पालिका प्रमुखले प्रतिवद्घता जनाएका छन् ।
    आगामी फागुन १९ गते सामुदायिक वनको आयोजनमा राष्ट्रिय राजमार्ग सफाई गर्ने कार्यक्रमको तय गरिएको हुदा सहभागि हुन सवैलाई आव्हान समेत गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…