• फागुन १६, पथरी ।
    मोरङको कानेपोखरी –६, रमाइलोमा स्थापना भएको जेनिथ इङ्लिस स्कुलले आफ्नो ९ औँ वार्षिक उत्वस तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।


    वार्षीक उत्सवको अवसरमा विध्यालयले २०७४ मा कक्षागत प्रथम,द्धितीय र तृतीय हुनेहरुलाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न सांस्कृतीक प्रस्तुती,अभिभावकका लागि असल अभिभावक बिषयक प्रशिक्षण, इटहरी बाट आएका कलाकार लाल बहादुर तामाङको प्रस्तुतीका साथमा कार्यक्रमको समापन गरेको हो ।
    समापन कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेले कक्षा नर्सरी देखि कक्षा ८ सम्मका प्रथम,द्धितीय र तृतीयहुने विद्यार्थीहरुलाई प्रमाण पत्र र पुरस्कार वितरण गरेका थिए ।
    पुरस्कार वितरण गर्दै अध्यक्ष काफ्लेले नीजि विद्यालय र सरकारी विद्यालय उतिकै अनुगमन गर्ने बताउँर्दै कार्यकाल अवधिमा यस क्षेत्रमा शिक्षामा आमुल परिवर्तन गर्दै शिक्षाले फड्को मार्ने बताएका छन् ।
    गाउँपालिकाले प्राप्त गरेको अधिकारलाई आधार बनाएर पालिका भरिका संस्थागत र सामुदायिक बिधालयलाई समेट्ने नीति कार्यक्रम ल्याउने प्रतिबद्धता गरेका छन ।


    निजि बिद्यालयहरुले यसरी विभिन्न कार्यक्रमहरुको आयोजना गरेर बिद्यार्थीमा भएको प्रतिभाको प्रस्फुटन गर्ने वातावरण प्रदान गरेको प्रती अध्यक्ष काफ्लेले खुलेर प्रशंसा गरेका थिए ।
    त्यसैगरी सिटिएफ नेपालका प्रदेश नं. १ का अध्यक्ष विनोद कार्कीले असल अभिभावक कसरी बन्ने बिषयमा अभिभावकहरु माझ दुई घण्टा प्रशिक्षण दिएका थिए ।
    कार्यक्रममा कानेपोखरी–६,रमाइलोमा बसोबास गर्ने बुद्धिनाथ लम्सालले स्वर्गीय आमा आलेखः चन्द्रमायाको नाममा स्थापना गरेको अक्षयकोषबाट दुईजना विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
    कक्षा युकेजीको निरज धिमाल र कक्षा २ का निशा माझीलाई नगद २५ सय रुयैया पुरस्कार स्वरुप वितरण गरेका थिए । पुरस्कार प्रमुख अतिथि र कोषसंरक्षक बुद्धिनाथ लम्सालले वितरण गरेका थिए । लम्सालले विद्यालयमा २०७१ साल देखि कोष स्थापना गरेको छ । गरिव,जेहेन्दारको लागी अक्षयकोष स्थापना गरेको लम्साल बताउछन् ।
    विद्यालयमा प्रत्येक बर्ष सरस्वती पुजामा संकलित रकम बैंकमा जम्मा गरेर अक्षयकोष स्थापना गरेको हो । प्रत्येक बर्ष सरस्वती पुजामा लम्साल पुरोहितको रुपमा सो विद्यालयमा पुजाआज गर्दै आएको छ । जुन रकम अहिले २५ हजार भन्दा बढी रकम जम्मा भैसकेको र ५० हजार पुर्याउने लक्ष रहेको लम्साल बताउँछन् ।
    स्कुलले वार्षिकोत्सबको अवसर पारेर तीन दिने बार्षिक खेलकुद कार्यक्रम यस अघि नै सम्पन्न गरेको छ । खेलकुद कार्यक्रमको आयोजना गरि विभिन्न खेलको विधामा २ सय ३० बढी विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो ।
    कानेपोखरी गाउँपालिका स्तरीय लागु औसध नियन्त्रण समितिका अध्यक्ष विवेक योङहाङलगायतले वार्षिक उत्सवमा सम्बोधन गरेका थिए । कार्यक्रमको सभापती अभिभावक संघका अध्यक्ष सूर्यबहादुर धिमाल रहेका थिए ।


    कार्यक्रममा जनएकता साकोसको अध्यक्ष भोला प्रसाद अधिकारी, गुरु बुद्धिनाथ लम्साल,नीजि विद्यालयहरुको संगठन प्याप्सोकका सचिव विद्यानान्द चौधरी,सहसचिव टेइन्द्र बास्तोला, सर्चलाईट इङ्लिस स्कुलका निर्देशक महेन्द्र बोहोरा,माउण्ट हमर्न चिल्डेल एकेडेमीका निर्देशक राजेश कार्की,न्यू देवकोटा इङ्लिस स्कुलका प्रिन्सिपल नन्दु राजवंशी, लायन्स क्लब अफ कानेपोखरीका अध्यक्ष कुमार फुयल,रमाइलो युवा परीवारका सहसचिव अशोक फुयाल लगाएत अतिथि रहेका थिए । कार्यक्रम गत मंगलवार सम्पन्न भएको हो ।
    विस २०६४ सालमा १४५ जना विद्यार्थीबाट कक्षाहरु सुरु गरेको विद्यालयले अहिले नर्सरी देखि कक्षा ९ सम्म ३६५ जना छात्राछात्र अध्ययन गराउदै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…