• ओम आचार्य

    नेपाली कांग्रेसका सक्तिशाली सभापती शेरबाहादुर देउवा सक्तिशालि यस अर्थमा कि महाअधिवेशनवाट पास भएको विधानलाइ सम्पुर्ण महासमीति सदस्यहरुको विपक्षमा जादै बहुमतिय प्रणालिवाट निर्णयगरी आफ्नो सक्तिको परिचय दिएका छन । सभापति देउवा र रामचन्द्र पौड्यालले महासमीतिको निर्णय सम्बोधन हुन्छ भन्दा भन्दै पनि यस्तो निर्णय गरेकाछन पाटी सभापति देउवाले ।

    उक्त निर्णयमा नोट अफ डिसेन्ट लेख्नेहरुमा डा. शेखर परेका छैन उनि पारिवारिक कारणले विराटनगर पुग्नु पर्ने भएर नोट अफ डिसेन्ट लेख्न अनुपस्थित रहेतापनि यिन्ले सामाजिक संन्जालमार्फात आफ्नो तिव्र असन्तुस्ट जाहेर गरि सकेका छन । तथापि यस्तो दुरगामी प्रभाव राख्ने विसय र महासमीतिको निर्णय विपरित भएको निर्णयमा उन्को लिखित विचार त्यो अभिलेख़मा , त्यो दस्तावेज़मा नआउनु अर्थपुर्ण रुपमा हेर्न थालिएको छ।

    कोइराला परिवार त्यसमा पनि डा. शेखरलाइ केन्द्रमा राखेर सभापती देउवाको विरगंजमा आएको अभिव्यक्ति धेरै सकसबाट बाध्यभएर बोल्नु परेको हो भनेका छन । नेपालि कांग्रेसमा पाटी सभापतीका उम्मेदवारहरुमा शेरवहादुर देउवा , रामचन्द्र पौड्याल , कृष्ण सिटौला र डा शेखर कोइरालाको चर्चा चलिरहेको अवस्थामा डा. शेखर मा नै किन खनिए यस कुराको सभापतिले मेरो बिरोध गर्दै हिडेको , पाटी को विरोध गरेको भनाइ अगाडी सारे पनि रामचन्द्र पौड्याल र कृष्ण सिटौलाले पनि पाटी सभापति देउवाको विरोध र पाटी कमजोर भएको कुरामा देउवा प्रती असहमती राख्दै आएका हुन ।

    र पनि डा . शेखर प्रती मात्रै केन्द्रित रहेर आएको देउवाको अभिव्यक्ति देउवामा कोइराला परिवारको भय नै हो भन्नु पर्छ । गिरिजा प्रसाद कोइराला संग पनि असहमती राखेका सभापति देउवाले पाटी नै फुटाउनु परेको थियो भने शुशिल कोइराला संग पनि अन्तिम सम्म आफ्नो पहिचानकोलागि दवाव र प्रभाव को लागी निरन्तर लागिरहे ।

    र अहिले कोइराला परिवार भित्रकै डा . शेखर कोइरालामा त्यही पुनरावृत्तिको रुपमा हेरिन थालिएको छ । डा शशांक , सुजता र डा शेखर कोइराला को संयुक्त कार्यक्रम र यौटै मालामा आवध्द भएर हामी एक भयौं भन्ने सन्देस मात्रै भने नआएर हामी तिनको सहमती मै सभापतिको उम्मेदवार उदघोष पनि यौटा कारक हो देउवाको अभिव्यक्ति ।

    रामचन्द्र पौड्याल र कृष्ण सिटौंलाको उम्मेदवारिमा देउवा आफु लगभग निस्चिन्त छन तर डा . शेखरको भयले अहिले उनलाइ समाए जस्तो छ । देउवाको अभिव्यक्तिले आफ्नो प्रतिद्वन्द्वी डा. शेखरलाइ देखे र भावि सभापतिको मुख्यदावेदारको रुपमा डा . शेखरलाइ देखेरै यो अभिव्यक्ति आएको हुन सक्छ ।

    यदि यसरी भावी राजनीतिक दृस्य सभापति देउवाले देंखे जस्तै हो भने डा. शेखरलाइ अवको समय चुनौंती पुर्ण हुनसक्छ । वर्तमान सभापति देउवा यसरी उन्को विरुध्दमा प्रस्तुत भइरहदा आगामी १४ औं महाअधिवेशनको समय सम्म डा शेखरले देउवाको ओज खप्न निक्कै भारि पर्छ । ७७ वटा पाटी सभापतिहरुमा अहिले पनि देउवा कै पकड़को बाहुल्यता छ र यस्तो अवस्थामा हिजो डा . शेखरको कार्यक्रममा जुन हार्दिकता देखिन्थो त्यो अव पाउन डा. शेखर कोइरालालाइ सहज भने हुदैन।

    पाटी सभापती ले नै यसरी प्रस्तुत भै सकेपछी जिल्ला जिल्लाका पाटी सभापती एवं कार्यकर्ताहरुमा डा . शेखरको कार्यक्रमको व्यवस्थापनमा र प्रचार प्रसारमा कसरी प्रस्तुत हुन्छन त्? यो समस्या अव डा. शेखर कोइरालाले फ़ेस गर्नु पर्छ। नेपाली कांग्रेसमा केन्द्रीय नेताहरुको जिल्लामा कार्यक्रम हुदा 'त्यों कार्यक्रममा जानु कि नजानु ' भनेर आफु नजिक रहेका नेताहरुबाट स्विकृतीलिने मौजुदा अवस्थामा अव डा. शेखरको कार्यक्रममा झन झांगिंएर झन गहिरिएर आउने छ।

    नेपालि कांग्रेसमा , काग्रेसको आन्तरिक राजनीतिमा पाटी परित्याग गरेर जाने प्रवृती धेरै कम छ र त्यसरी गएकाहरुपनि पाटी प्रवेस नै गरेका छन यस्को मतलब पाटी भित्र तिव्र असन्तुस्ट , फरक मत र फरक विचार राख्दै अगाडी बड्ने शैलिचै नेपालि कांग्रेस छ यस्तो अवस्थामा अहिले सभापति शेरवहादुर देउवामा फरक मत राख्ने , फरक विचार राख्ने पंक्तीहरु के तिनिहरुले १४औं महाअधिवेसनमा डा . शेखरलाइ अन्तिम ( महाअधिवेशन)सम्म साथ दिन्छन ? के तिनिहरुको कार्यगत एकता नोट अफ डिसेन्ट लेखे जस्तो रहिरहन्छ र तिन कोंइरालाको मालामा भएको एकता कति लामो समय सम्म रहन्छ यि सवै कुराहरुमा संसय छ । राजनीतिमा संसय राख्न र लिन सकिन्छ! त्यो फुल ओइलाएर आफै जर्जर हुदा सम्म एकता रहिरहन्छ ?

    रामचन्द्र पौड्याल , कृष्ण सिटौला र प्रकाशमान सिंहको नाम सभापतिमा चर्चा संगै डा . शेखरको पनि चर्चा छ तर डा . शेखर यिनिहरु भन्दा जुनियर पनि हुन र यिनि नेपालि कांग्रेसमा पदांधिकारी नभएर मात्रै केन्द्रीय सदस्य हुन ,के यिन्को सभापतिमा माथि उल्लेखित नामहरुले सहमति जनाउछन ? राजनीतिमा मर्यादाको कुरा , राजनीतिमा जुनियर र सिनियरको कुरा उठ्नु नौलो कुरा होंइन ,नेपालि काग्रेसमै पनि त्यो कुरा वेला बखत आएकै हुन र मन्त्रिमण्डलमा पनि यस बिसयमा राम्रै विवाद र बहस चलेकै हो र कालान्तरमा नेपालि काग्रेसमा जव महाअधिवेसन आउछ , जव कार्यसमीतिको निर्वाचनको समय आउछ यस विसयले घनिभुत आकार लिन्ंछ ।

    यौटा कुरा डा. शेखर सभापतिको उम्मेदवार भए भने के रामचन्द्र पौड्याल र कृष्ण सिटौला ले उम्मेदवार दिदैन ?तर त्यो सम्भावना अत्यन्त क्षिण छ क्षिण यस कारणले छ की प्रधानमन्त्रिमा १७ पटक उम्मेदवार दिने पौड्याल पाटीको सभापतिमा दावि नरहोस ।यो कल्पना गर्न सकिन्दैन ।

    रामचन्द्र पौड्याल , डा. शेखर कोइराला दुवै उम्मेदवार रहे वर्तमान पाटी सभापतिलाइ पुन सभापति वन्न अप्ंठ्यारो हुदैन ।

    यस्तो परिस्थितीमा मलाइ यौटा लेखक सुकरात को भनाइ याद आइरहेछ ' भगवान मलाइ सत्रुहरुदेखी डर छैन मित्रहरुदेखी बचाउनुहोस ' अब डा. शेखरमा यही भनाइले विस्तारै चेप्दै ल्याउछ। हिजोका मित्रहरु नै , हिजो मालामा आबध्द भएकाहरु नै महाअधिवेशन सम्म पुक्दा भिन्दै चित्र , भिन्दै नक्सा कोर्न र निर्माण गर्न पुक्छन यो कुरा सम्भवत डा. शेखर कोइरालाले पनि बुजेकोहुनुपर्छ र यही कारणले आगामी दिन यिन्लाइ चुनौतीपूर्ण हुन सक्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…