• कुमार खड्का फागुन १६,पथरी ।
    हात्तीपाइले रोग निदान अभियानको दोस्रो दिनको औषधी खुवाने अभियानमा नगरका ८ हजार बढिले औषधी सेवन गरेको तथ्याङक भेटिएको छ ।
    नगरपालिका प्रमुख दिलिप कुमार राईको प्रत्यक्ष सकृयतामा अभियानलाई सफल वनाई नगरलाई रोग मुक्त नगर बनाउने उद्ेश्यका साथ थालिएको ७ दिने अभियानमा नगरको औषधी सेवन गर्ने जनसङख्या लगभग ६० हजार भएको र यहि क्रममा जाने हो भने आगामी ७ दिन भित्रमा सवैले औषधी सेवन गर्ने सम्भावना वढेर गएको छ ।


    नगरपालिकाले बुधवार नगरका प्रत्येक वडामा स्वाथ्यकर्मीको उपस्थितिमा केन्द्र नै खडा गरि औषधी सेवन गराएको थियो भने विहिवार बाट घर दैलो कार्यक्रमको सुरुवात गरेको छ ।
    विगतका वर्षहरुमा स्वायमसेवक हरुको साहायतामा सञ्चालन गरिएको यो अभियान यस वर्ष भने स्वास्थ्यकर्मीको प्रत्यक्ष उपस्थितीमा अभियानलाई सञ्चालन गरिएको छ ।
    अभियानलाई सफल वनाउन नगरका ५० बढी स्वास्थ्यकर्मी हरु यो अभियानमा परिचालन गरिएको छ भने जन प्रतिनिधी,स्थानिय राजनतिक दलका अग्रह व्याक्तित्व हरु पनि उतिकै मात्रामा अभियानलाई सफल वनाउन लागि परेका छन् ।
    अभियानलाई सफल बनाउने क्रममा पालिकाको वडा नम्वर ६ मा स्वास्थ्यकार्मी र जन–प्रतिनिधीको संलग्नतामा आज दोस्रो दिनको घर–दैलो कार्यक्रममा ४ सय ६९ जनालाई रोग विरुद्घको औषधी सेवन गराईएको छ ।
    जसमा २ देखी ५ वर्ष उमेर समुहका वालवालिका २२,६ देखी १४ वर्ष उमेर समुहका ९३,१५ देखी ५९ वर्ष उमेर समुहका ३१८ र जेष्ठ नागरिक ३६ जनाले औषधी सेवन गरेको स्वास्थ्यकर्मी रिजु खड्काले वताईन ।
    घर दैलो अभियानमा ७ सय ३४ जना प्रत्यक्ष समपर्कमा आएपनि अन्य व्याक्तिहरुमा विभिन्न दिर्घरोग तथा केहि व्यक्तिहरु घरमा नभेटिएका कारण २ सय ६९ जना औषधी सेवन गर्न बाट छुटेको र ४ सय ६९ जनाले औषधी सेवन उनको भनाई रहेको छ । भने १० जना भन्दा वढि प्रेसर र सुगरका विरामीलाई परामर्श गरि औषधी सेवन गराएको पनि उनले जानकारी दिईन ।

    औषधी खुवाउने क्रममा वडा नम्वर ६ का वडा अध्यक्ष जय बहादुर तामाङले स्थानीय शान्ति चौककी सुगर रोगी गोमा थापालाई परामर्श गरि आफ्नै उपस्थितमा औषधी सेवन कार्यमा सरिक गराएका छन् ।
    कुल जनसंख्या ७ हजार ३९ जनसङख्या रहेको सो वडामा औषधी सेवन गर्ने संख्या हिजो भन्दा आज वढेर गएको छ हिजो केन्द्रमा आएर २०९ जनाले औषधी सेवन गरेका थिए भने आज दोस्रो दिनको कार्यक्रमा औषधी सेवन गर्नेको संख्या २६० ले वढेर गएको छ ।
    औषधी सेवन पश्चात कसै कसैलाई वाकवाकी लाग्ने, रिगटा लाग्ने, भएकाले यो औषधी सेवन गर्न हुन्न भन्ने सर्वसाधरण जनतामा थुपरिएको गलत बुझाईलाई चिर्न वडा अध्यक्ष तामाङले रोग विरुद्घको औषधी सेवन गरि अभियानमा सवैलाई लाग्न आव्हान समेत गरेका छन् ।
    नगर प्रमुखको विशेष सक्रियतामा नगरका विभिन्न तह र तप्कामा रहेका मानिसहरुले नगरले तोकेको केन्द«मा गएर सो रोग विरुद्घको औषधी सेवन गरि सरकारले देशलाई रोगमुक्त बनाउन थालेको अभियानमा साथ दिदै समाजमा रहेको गलत वुझाईलाई चिर्दै औषधी सेवन गरेका छन् ।
    विश्वका करडौ मानीसहरुले हात्तीपाइले रोग विरुद्घको औषधी सेवन गरिसकेको र औषधी सेवन गर्दा कसैलाई वाकवाकी लाग्ने, बान्ता हुने, रिङ्गटा लाग्ने आदि जस्ता लक्षणहरु देखा पर्न सक्ने भएको हुदा त्यस्ता लक्षणहरु देखा पर्दा नआतीन नगर स्वास्थ्य संयोजक मुरारी आर्चायले आग्रह गरेका छन् ।
    बरु यस्ता लक्षण हरु देखा परे आफ्नो शरिरमा पनि रोगको परजिवी रहेछ अव नष्ट हुने क्रममा रहेको वुझेर खुसी हुन आग्रह गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…