• धरान / नेकपाका १५१ जना कार्यकर्ताले पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
    यूवाहरुलाई दुरुपयोग गर्ने गरेको भन्दै धरान १५ का पप्पु लिम्वु, सुमन लिम्वु, असिम राई, सिमन बस्नेत लगायतका युवाहरुको नेतृत्वमा उनीहरु कांग्रेस प्रवेश गरेको नेपाली काङग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङले जानकारी दिए ।
    तर नेकपा धरान नगर कमिटिले भने प्रवेश गरेका युवाहरु स्वतन्त्र रहेको दावी गरेको छ ।
    आज धरान नगर सभापति तिलक राईको अध्यक्षतामा सम्पन्न प्रवेश कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, जिल्ला सदस्य गोविन्द बस्नेत, क्षेत्रीय सचिव मुरारी भट्टराई, पूर्व नगर सभापति किशोर राई, १५ नं. वडा सभापति गणेश सुब्बा, नगर सदस्य तथा ५ नं. वडा अध्यक्ष सन्तोष लिम्वु, नेपाल तरुण दल धरानका सभापति हिमाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
    कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य उमेश थापा, पर्वत राई, जिल्ला सदस्य माधव घिसिङ, मोहन बस्नेत, महाधिवेशन प्रतिनिधि सन्तोष विकलगायतको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…