• उर्लाबारी । मोरङको उर्लाबारी—९ स्थित सार्वजनिक माविको ५३ औं बार्षिक उत्सव तथा स्वर्ण महोत्सव बिहिवारबाट सुरु भएको छ । महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गर्नुभएको थियो । विहीवारबाट सुरु भएको महोत्सव शनिवार सम्म चल्नेछ । स्वर्ण महोत्सवमा विद्यालयमा स्थापनाकाल देखि सहयोग पुर्याउनुहुने दाता,सहयोगी संस्थाहरुलाई सम्मान गरिएको थियो ।
    यसरी सम्मान हुनुहुनेमा स्थानीय चौकीलाल धिमाल,समाजसेवी सुन्दर श्रेष्ठ,गोमबहादुर घिसिङ,सोमबहादुर धिमाल,बिष्णु बहादुर आङबुहाङ लगायत रहनुभएको छ । विद्यालयमा भब्य रुपमा भएको स्वर्ण महोत्सवमा आयोजित कार्यक्रममा चर्चित हाँस्यकलाकार उमेश राई फुलन्देको आमाले दर्शक दिर्घालाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । उहाँले हाँस्य खुराकमात्र प्रस्तुत गर्नुभएन नृत्य समेत देखाएर निक्कै रमाईलो प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा सोहि विद्यालयकी पूर्व विद्यार्थी नायिका सिर्जना सुब्बा पनि सहभागि हुनुभएको थियो भने महोत्सवको पूर्वसन्ध्यामा भएको कार्यक्रमको बिजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरियो ।
    विद्यालयका शिक्षक नितीरमण भट्टराईले सन्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका प्रअ टंक दुलालले विद्यालयका प्रगती विगत वर्तमान सुनाउनुभएको थियो । कार्यक्रममा विद्यालयका अध्यक्ष कुरुराज आङबुहाङको सभापतित्वमा भएको थियो । महोत्सव आज शुक्रवार सम्म चल्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…