बाहुनडाँगी । प्रस्तावित धनकुटा लेडी जेसीजले हात्तीपाइले रोगको औषधी सेवन अभियान सम्बन्धी एक दिने सडक नाटक गगरेको छ ।
नेपाल सरकारले यो वर्ष सुरु गरेको हात्ती पाइले रोगको औषधी सेवन अभियानलाई सफल बनाउन धनकुटा लेडीले पनि साथ दिएको हो ।र धनकुटा नगरपालिकाको सहकार्यमा आयोजना गरेको नाटकमा हात्ती पाइले रोगले मानव शरीरमा पुर्याउने असर र यसबाट हुने मानवीय क्षतीका बारेमा नाटक प्रदर्शन गरिएको थियो । धनकुटा नगरपालिका वडा नम्बर ७ को मदन चोकमा प्रर्दशन गरिएको नाटकको निर्देशक प्रस्तावित धनकुटा लेडी जेसीजकी संस्थापक अधयक्ष प्रमिशा श्रेष्ठले गर्नु भएको थियो । नाटक प्रदर्शनमा ६० जनाले हात्ती पाइले सम्बन्धी औषधी सेवन गरेका थिए । उक्त नाटकको संयोजन कला राई र बिमला न्यौपानेले गर्नु भएको थियो ।