• १७ फागुन, पथरी मोरङ्गको पथरीमा रहेको एक व्यापारीक भवनबाट खसेर १ युवाको रहस्यमय मृत्यु भएको छ। पथरीशनिश्चरे ७ बस्ने अन्दाजी २७ बर्षिय षडराज तामाङ्गको बिहिवार राती अन्दाजी १० :३० बजेको समयमा सो भवनबाट खसेर ज्यान गएको इलाका प्रहरी कार्यलय पथरीले पुष्टि गरेको हो। सोही व्यापारिक भवनमा रहेको सिक्का लञ्ज एन्ड बारमा साथीहरुको समुहमा आएका तामाङ्गको भवनको चौथो तलाबाट खसेर मृत्यु भएको हो। घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यलय पथरीको टोलिले मादक पदार्थ सेवन गरेर भुइमा खसेको अवस्थामा शब भेटेको जनाएको छ।

    प्रहरीले सँगै बार आएका तामाङ्गका चार जना साथीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। बारमा घटना अघि दमकका ग्राहक र मृतक तामाङ्गको पक्ष बिच सामान्य विवाद भएको र बार संचालक बिच समेत सामान्य विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इप्रका पथरीका प्रहरी निरीक्षक कमल बजगाँईले बताए। तर तामाङ्गको मृत्यु सुनियोजित हो या दुर्घटना हो भन्ने पुर्ण अनुसन्धान पश्चात् मात्र पत्ता लाग्ने प्रहरि निरीक्षक बजगाँइले बताए। यता बार संचालक र अन्य ग्राहकलाई नियन्त्रणमा नलिएर पिडित पक्षलाई मात्र नियन्त्रणमा लिएको भन्दै स्थानियबासी आक्रोशित बनेका छन।

    आक्रोशित स्थानियले सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनी कार्वाहीको माग समेत गरेका छन। यता प्रहरीले बार संचालकहरुलाई समेत सोधपुछको लागि उपस्थित गराएको र जति सक्दो चाडो सत्यतथ्य पत्ता लगाउने प्रहरीको भनाई छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…