• मेचीनगर । सुमन एग्रोभेट्स मेचीनगर–३ बडाखालको आयोजना तथा क्युमेड फर्मुलेशन प्राईभेट लिमिटेडको विषेश प्रायोजनमा १ दिवशिय पशुपालक किसानहरुबिच अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ ।
    मेचीनगर ३ बडाखालस्थित बालविकास केन्द्रको भवनमा सम्पन्न गोष्ठिमा ५० जना भन्दा धेरै पशुपालक कृषकहरुको सहभागिता रहेको थियो ।
    समुन एग्रोभेट्सका सञ्चालक सुमन थापाको सभापतित्व तथा मेचीनगर ३ की वडा सदस्य रीता थापाको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठिमा पशुपालक कृषकहरुले पशुपालन व्यवासायमा देखा परेको समस्या र चुनौतीका बारेमा जिज्ञासा राखेका थिए ।
    कृषकहरुको जिज्ञासालाई मेचीनगरपालिका पशु सेवा केन्द्रका पशु बिकास अधिकृत डाड्ढदिवाकान्त चौधरीले किसानका समस्या तथा पशुमा लाग्ने रोग यसका निधान बारे सहजीकरण गर्नु भएको थियोे । कार्यक्रममा उपस्थित किसानलाई नाम्ले जुका तथा फिड सप्लिमेन्ट लगायतका औषधी निशुल्क बितरण गरिएको थियो । स्थानीय भेटेरिनरी पसल एबम औषधी कम्पनीबाट यस्ता कार्यक्रम गरिदा पशुपालक किसानहरु अत्यन्तै लाभान्वित भएको सहभागीहरुले बताए । कार्यक्रमकी प्रमुख अतिथि रिता थापाले नगरले पनि यस्ता कार्यक्रम तर्जुमा गर्दै रहेको जानकारी गराउँदैँ किसानहरुको प्रोत्साहनका लागि विभिन्न योजनाहरु ल्याउने बताउनु भयो ।
    कार्यक्रममा क्युमेडका मेनेजर हरि गौतम, बजार प्रतिनिधि खेमराज नेपाल नव ज्योति निमाविका शिक्षक धनराज भण्डारी, अगुवा कृषक धन बा अधिकारीलगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…