• बाहुनडाँगी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौडेललाई जापानमा रहनु भएका नेपालीहरुसँग स्वागत र भेटघाटको कार्यक्रम गरिएको छ ।
    जनवरी २२ देखि २४ सम्म जापानको कानाजावा सम्मेलनमा सहभागि हुन जापान पुग्नु भएका पौडेललाई ओसाकामा रहेका नेपालीहरुले अध्यक्ष पौडेललाई स्वागत तथा सम्मान गरेका थिए । नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष भएपश्चात पहिलो पटक जापान पुग्नु भएका पौडेललाई त्यहाँ रहनु भएका नेपाली समुदायका मानिसहरुले खुसी मनाउँदै स्वागत तथा भेटघाट गरेका थिए । राष्ट्रिय अध्यक्षलाई भेटघाट गर्ने प्रवन्ध त्यहाँ रहनु भएका नरेन्द्र बस्नेत र लक्ष्मी पराजुलीले मिलाउनु भएको थियो । अध्यक्ष पौडेलका साथमा नेपाल जेसीजका कार्यत्रकारीणी उपाध्यक्ष जेसीआई सिनेटर रविन पोखरेलसहित अन्य पदाधिकारीहरु रहुन भएको थियो । भेटघाट कार्यक्रममा एनआरएनका ओसाकाका संयोजक प्रेम कडेँललगायत अन्य नेपालीहरुको समेत सहभागिता रहेको थियो । अध्यक्ष पौडेलले नेपालमा भइरहेको वर्तमान अवस्थाका साथै नेपाल जेसीजको आगामी योजनाका बारेमा जानकारी गराउनु भएको थियो । अध्यक्ष पौडेलले नेपाल जेसीजले युवाहरुको व्यक्तित्व र नेतृत्व विकाससँगै उद्यमशीलतामा अघि बढेको बताउँदै जेसीज अभियान सार्थक बनेमा भविष्यमा नेपाली युवाहरुले विदेशीनु पर्ने बाध्यताको अन्त्य हुने बताउनु भएको थियो । अध्यक्ष पौडेल स्वदेश फर्किसक्नु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…