• कुमार खड्का फागुन १७,पथरी
    मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा हात्तीपाईले रोग निदान कार्यक्रम अन्र्तगत चलेको अभियानमा ३ दिनमा ३ दिनमा औषधि सेवन गर्नेको संख्या १९ हजार ९ सय ६८ जनाले औषधि सेवन गरिसकेका छन् ।
    अभियान अन्र्तगतको तेस्रो दिनमा शुक्रवार नगर क्षेत्रका ११ बढिले हात्तीपाइले विरुद्धको औषधि सेवन गरेका छन् ।
    औषधि खाने उत्साह बढ्ने क्रममा शुक्रवार १० वटै वडाबाट ११ हजार ४ सय ४९ जनाले औषधि सेवन गरेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए ।
    आज विभिन्न विद्यालयमा पुगेर औषधी खुवाएको आचार्यले आर्चायले वताए ।
    बाल कक्षामा अध्ययनरत विद्यार्थीलाई अभिभावकसँगै राखेर घर घरमा औषधि खुवाइने योजना छ ।
    ज्येष्ठ नागरिक, राजनीतिक दलका अगुवा, समाजसेवी, शिक्षक, बुद्धिजिवी, बैंक सहितका कर्मचारीहरुको अगुवाईमा औषधि खाने अभियान अघि बढेको छ ।
    विहिवारसम्ममा २ दिनको अवधिमा साढे ८ हजार बढीले हात्तीपाइलेको औषधि सेवन गरेका थिए ।
    २ वर्षमाथिकालाई औषधि सेवन गराउने अभियान उत्साहपूर्वक सञ्चालन भएकाले सवैलाई आफुले पनि औषधि खान र अरुलाई पनि खुवाउने अभियानमा सहभागि हुन नगर प्रमुख दिलिपकुमार राईको अनुरोध छ ।
    फागुन १५ देखि सुरु भएको अभियानमा अघिल्ला वर्ष भन्दा यस वर्ष औषधिप्रतिको भ्रम हटेकाले औषधि खाने उत्साह देखिएको उल्लेख देखिएको छ फागुन १५ गते १० वटा केन्द्रमा र १६ गतेदेखि घरघरमा स्वास्थ्यकर्मी खटेर औषधि खुवाउने अभियानमा १० वडाका लागि प्रत्येक वडामा ४ जनाका दरले घर घरमा औषधि खुवाउन स्वास्थ्यकर्मीलाई खटाइएको छ ।
    उनीहरुले घर घरमा तथा विद्यालय विद्यालयमा गएर औषधि सेवन गराइरहेका छन् । १६ हजार ६ सय ५० घरधुरीमा ८० हजार ६ सय ५ जनसंख्या रहेको नगरमा यसअघि २६ जनामा हात्तीपाइलेको जिवाणु फेला परेको थियो ।
    यसै क्रमलाई निरञ्तरता दिदै वडा नम्वर ६ का ३ वटा विध्यालय दुर्गा आधारभु विध्यालय,केचना प्याराडाईज बोर्डिङ स्कुल र कञ्चनजङ्गा बोर्डिङ स्कुलका ५ सय ६४ जना विध्यार्थीले औषधी सेवन गरेका छन् ।


    जसमा २ देखी ५ वर्ष उमेर समुहका १ सय ९४, ६ देखी १४ वर्ष उमेर समुहका २ सय ६३, र १५ देखी ५९ वर्ष उमेर समुहका विध्यार्थी तथा स्कुलका स्टाप तथा शिक्षक हरुको सङ्ख्या १ सय ७ गरि कुल ५ सय ६४ जनाले औषधी सेवन रहेको सो वडा खटीएकी स्वास्थ्यकर्मी रिजु खड्काले बताईन ।
    ३ वटा विध्यालयमा गरेर कुल ६ सय ४२ जना व्याक्ति समपर्कमा आएको भएता पनि ७८ जना छुटेको उनको भनाई रहेको छ ।
    औषधी सेवन पश्चात कसै कसैलाई वाकवाकी लाग्ने, रिगटा लाग्ने, भएकाले यो औषधी सेवन गर्न हुन्न भन्ने अभिभावक तथा सर्वसाधरण जनतामा थुपरिएको गलत बुझाईलाई चिर्न वडा अध्यक्ष तामाङ आफै पनि सो कार्यमा लागि परेका छन् ।
    वडाको कुल जनसङख्या ७ हजार वढि रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…