• मेचीनगर । झापाको मेचीनगर–६ स्थित अरुणोदय आवासीय माबिको आयोजनामा शनिवारबाट (भोलि) ‘निर्मल राई स्मृति’ अन्तर मावि मेचीनगरस्तरीय भलिबल प्रतियोगिता हुदैँछ ।
    अरुणोदय आवासीय माबि काकरभिट्टाका सञ्चालक समितिका अध्यक्ष भगिरथ राईका पिता स्व. निर्मल राईको स्मृतिमा बार्षिक पुण्य तिथिको अवसर पारेर हरेक बर्ष उक्त प्रतियोगिताको आयोजना हुँदै आएको छ । मेचीनगरका १४ वटा निजी विद्यालयको सहभागिता रहने प्रतियोगिताको फाइनल २० गते सोमवार हुनेछ ।
    खेलको माध्यमबाट देशलाई चिनाउन सक्ने खेलाडी उत्पादन गर्न टेवा पु¥याउने उद्देश्यले सो प्रतियोगिता हुन लागेको बिद्यालयका प्रिन्सिपल दुर्गा लुइँटेलले बताउनु भयो । प्रतियोगिताका विजेता टिमले नगद १५ हजार, उपविजेताले १० हजार रुपैयाँ, ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभरको उत्कृष्ट स्पाइकर, लिफ्टर, डिफेन्स, सरभरलाई ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।
    स्वर्गीय निर्मल राई स्मृति अक्षयकोषमा रहेको २ लाख रुपैयाँको ब्याजबाट पुरस्कार वितरण गरिने र अन्य प्राविधिक सहयोग अरुणोदय आवसीय सेकेण्डरी स्कुलले गर्ने बिद्यालय सञ्चालक समितिका अध्यक्ष भगिरथ राईले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…