• भद्रपुर । हिमाली माध्यमिक विद्यालय भद्रपुर नगरपालिका वडा नम्बर १ को ४८ औँ वार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ ।
    प्रदेश सांसद माननीय बसन्तकुमार बानियाँले भारत दिप प्रज्वलन गरेर वार्षिकोत्सवको उद्घाटन गर्नु भएको थियो । सोही अवसरमा सांसद बानियाँले सरकारले उपलब्ध गराएको स्कुल बसको रिवन काटेर उद्घाटन गर्नु भयो ।
    साविक पृथ्वीनगर गाविसमा रहेको यो विद्यालय झापाको नमुना र उत्कृष्ट विद्यालय मध्येको एक हो ।
    वार्षिकोत्सवको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सांसद बानियाँले राज्यले शिक्षा क्षेत्रमा लगानी गर्न कुनै कमि नगरेको बताउँदै गुणस्तीय शिक्षाका साथ अब्बल विद्यार्थी उत्पादन गर्न सामुदायिक विद्यालयहरु पनि सफल भएको बताउनु भयो । उहाँले झापाका थुप्रै विद्यालयहरु अब्बल रहेको बताउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकास हुनका लागि शिक्षकको मुख्य भूमिका र अभिभावकको साथ सहयोग रहनु पर्ने बताउनु भयो । सोही कार्यक्रममा सांसद बानियाँले आगामी वर्षमा क्षेत्र विकास कोषबाट यस विद्यालयलाई ५ लाख उपलब्ध गराउने घोषणा गर्नु भयो ।
    विद्यालयका अध्यक्ष भीमप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयको आय व्यय विद्यालयका प्रधानाध्यापक गजन सुवेदीले प्रस्तुत गर्नु भएको थियो । वार्षिकोत्सवमा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुका साथै विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो ।




सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…