• रुपन्देही, १८ फाुगन

    बुद्ध जन्मस्थल लुम्बिनीमा ४९० भिक्षुले सामूहिक प्रवज्या लिएका छन् ।

    मायादेवी मन्दिर परिसरमा शुक्रबार धार्मिक अनुष्ठानका साथ चिवर र शिलधारण गरेर उनीहरुले प्रवज्या लिएका हुन् । उनीहरुलाई थाइल्याण्डका भिक्षु थावरले प्रवजित गर्नुभएको हो ।

    नेपालका प्रथम महासङ्घनायक ‘अरिय धम्मरक्खित नेपाल बुद्ध शासन वंशालङ्कारसिरी सङ्घमहानयक अग्गमहापण्डित’ भिक्षु भद्धन्त प्रज्ञानन्द महास्थवीरको १२९आँै जन्मजयन्तीका अवसर पारेर कुलपुत्रलाई प्रवजित गरी भिक्षु बनाइएको हो । कुलपुत्र प्रवजित कार्यक्रममा नेपाल, भारत, थाइल्याण्डलगायत विभिन्न देशका भिक्षु सहभागी थिए । बुद्धको जिवनी, लुम्बिनीको महत्व, बौद्ध धर्म र शिक्षाबारे जानकारी गराउन सामूहिकरुपमा प्रवज्या अर्थात् एकैपटक धेरैलाई भिक्षु बनाउने गरिन्छ । प्रवज्या कार्यक्रममा कुलपुत्रलाई स्थायी तथा अस्थायीरूपमा भिक्षु बनाइएको थाई भिक्षु कोनले जानकारी दिनुभयो ।

    थाइ दाता, विभिन्न विहार र नेपाल पर्यटन बोर्डको सहयोगमा पाँचौँपटक लुम्बिनीमा आयोजना गरिएको प्रवज्या शिविरअन्तर्गत शुक्रबार विशेष समारोहको आयोजना गरी कुलपुत्रलाई सामूहिकरुपमा प्रवज्जीत गरिएको कार्यक्रमका सहयोगी प्रवीण शाक्यले जानकारी दिनुभयो ।

    तेइसदिने शिविरअन्तर्गत आज लुम्बिनीमा भिक्षुलाई सामूहिकरुपमा भिक्षाटन गराइने कार्यक्रम छ । बुद्ध धर्मअनुसार शाक्यमुनिमा एक दिनका लागि भए पनि भिक्षु बन्नैपर्छ भन्ने मान्यता रहेको छ । यस्तै फागुन २९ गते बुटवल, पाल्पालगायत देशका विभिन्न शहरमा भिक्षाटनको कार्यक्रम राखिएको छ । यही फागुन ३० गते शान्तिदीप प्रज्वलन गर्ने र चैत ३ गते शिविर समापन कार्यक्रम रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…