• फागुन १८, काठमाडौं । संखुवासभामा पछिल्लो समय सरकारी गाडी दुरुपयोग बढेको छ । सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन ।

    अत्यावश्यक काममा चलाउँदा प्रमुख जिल्ला अधिकारीबाट अग्रिम पास लिनुपर्छ । तर भोटखोला गाउँपालिकाका कर्मचारी पास नलिई सरकारी गाडी हाँकेर पञ्चवली खान पुगेका थिए ।

    गत शनिबार सरकारी गाडी मनकामना मन्दिर परिसर नजिकै अरुण नदीमा ब्यक्तिले गरेको पञ्चवली खान भोटेखोला गाउँपालिकाको को १ झ ५९१ नम्बरको गाडी प्रयोग गरेको पाइएको छ ।

    यो त एक उदाहरण मात्र हो । जिल्लाका अधिकासं सरकारी सवारी साधन विबाह ,पिकनिक र पुजा पाठमा जादाँ समेत प्रयोग भएरहेको छ ।

    भोटखोलालाई सदरमुकाम खाँदबारी आउन जान मात्र पास दिइएको संखुवासभा सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए ।

    सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भने सरकारी गाडी कुनै पनि पुजा पाठ, विहे जाने अनुमति नभएको बताए । सार्वजनिक बिदाको दिन कुनै पनि सरकारी गाडी चलाउनुपरेमा जिल्ला प्रशासन कार्यालयबाट पास अनिवार्य भएपनि गत शनिबारको पास नभएको पाइएको छ ।

    सकड सञ्जाल नै नपुगेको भोटखोलाको गाडी अहिले सरकारी प्रयोजनमा भन्दा पनि मोजमस्ती प्रयोग भएको भन्दै स्थानियले आपत्ती जनाएका छन् । गाँउपालिकाको केन्द्रमा पुग्ने सडक नभए पनि गाडी खरीद गरेको छ ।

    भोटखोला गाउँपालिकामा ७ किलोमिटर सडक सञ्चालनमा रहेपनि ४० लाख ७५ हजार रुपैयाँमा स्करपियो गाडि खरिद गरेको छ । विकट उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अहिले ७ किलोमिटर सडक स्ुचारु भएको पाइन्छ ।

    किमाथांका–जोगवनी सडक अन्र्तगत भोटखोलाको ठाडो खोलाबाट बरुण दोभान सम्म यातायत सञ्चालन छ ।

    सरकारी सम्पत्ती दुरुपयोग हुदाँ समेत सरोकारवाला निकाय मुख दर्शक बन्नु दुखद भएको भोटखोला–२ का आङजुङ भोटले बताए । ब्यक्तिको पञ्चवली खान सरकारी गाडी लिएर जानु राज्यको सम्पत्ती चरम दुरुपयोगमा पुष्टि भएको बताए ।

    उनले भने गाउँपालिका केन्द्रमा सडकौ नपुगि गाडी किन्ने हत्तारो भएको बताए । भोटेले भने सडक सञ्जाल नपुगेको गाउँपालिकाले सदरमुकाम नै काम बेगर नै सञ्चालन भइरहेको पाइएकाले समन्धित निकायले त्कालै नियन्त्रण लिएर कारर्वाहि गर्नु पर्ने उनको माग छ ।

    उनले भने, ‘केन्द्र सम्म जाने सडक नभएपनि गाँउपालिकाले प्रत्येक वडाले समेत मोटरसाइकल समेत खरिद गरिसकेका छन् । गाडी गाँउपालिका केन्द्र जाने भन्दा पनि सदरमुकाम खाँदबारी मै मात्र सञ्चालन हुने गरेको पाइएको छ ।

    सडक सञ्जाल नै नपुगेको भोटखोलामा विलासी जनप्रतिनिधिले सदरमुकाम मै गाडी चलाउने मात्र खरीद गरेको भन्दै स्थानियले आपत्ती जनाएका छन् ।

    स्थानीय जनता पैदल ४÷५ दिन लगाएर सदरमुकाम खाँदबारी सेवा लिन धाउने गरेका छन् । भोटखोलाले विभिन्न विभिन्न कारण देखाउदै गाँउपालिकाको संम्र्पक कार्यालय भन्दै सदरमुकाम खाँदबारीमा घर भाडामा लिएर कार्यालय संञ्चालन गरिरहेको छ ।

    भोटखोलामा अहिले सम्म विधुत्, सञ्चार, इन्टरनेट र सडक पुग्न नसकेकाले कार्यालय सदरमुकाम खाँदबारी राख्नु परेको कार्यालयको जनाएको छ । गाउँगाउँमा सिंहदरबार भनिएपनि दुर्गमका जनताले अझै सदरमुकाममै धाउनु पर्ने बाध्यता अहिले पनि छ । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…