• रूपेन्द्र शेर्मा
    उर्लाबारी /स्थापनाको ५३ औं बर्ष गाँठमा आयोजित मोरङको उर्लाबारी–९ आमबारीस्थित सार्वजनिक माध्यमिक विद्यालयको स्वर्ण जयन्ती शुक्रबार सम्पन्न भएको छ । यो विद्यालय साविक राजघाट गाविसको सबैभन्दा पुरानो हो । यस विद्यालयमा बढी मात्रामा विपन्न परिवारका बालबालिका अध्ययनरत छन् ।
    त्यस अवसरमा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले विद्यालयको स्मारिका विमोचन गरिन् । स्मारिका विमोचन गर्दै उपप्रमुख भण्डारीले यस विद्यालयको स्तरोन्नतीका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
    स्वर्ण जयन्तीको अवसरमा सञ्चालित अन्तरमाध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगितामा छात्रतर्फ सुनपकुवा मावि प्रथम, दुर्गा मावि द्वितीय तथा छात्रातर्फ सार्वजनिक मावि प्रथम र अरनिको मावि द्वितीय भएका थिए । त्यसैगरी नृत्य प्रतियोगितातर्फ राधिका मावि हाटखोला प्रथम, सार्वजनिक मावि द्वितीय र नेवुला अंग्रेजी मावि तृतीय भएका थिए । त्यस्तै हाजिरीजवाफ प्रतियोगितातर्फ राधिका मावि हाटखोला प्रथम, नेवुला अंग्रेजी मावि द्वितीय र लल्मी मावि तृतीय भएका थिए । प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई पुरस्कृत गरिएको थियो ।
    जयन्ती समापनमा प्रधानाध्यापक टंकप्रसाद दुलालले विद्यालयको विगत र वर्तमान स्थिती तथा भावी योजना प्रस्तुत गरेका थिए ।त्यस अवसरमा पूर्व प्रधानध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारी, चन्तादाता र सहयोगदाताहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख भण्डारीलाई पनि सम्मान गरिएको थियो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुरुराज आङबुहाङको अध्यक्षतामा भएको जयन्ती समापन कार्यक्रममा अरनिको माविका प्रधानध्यापक कोमलप्रसाद खतिवडा, पूर्व शिक्षक रामकुमार आङबुहाङ, स्थानीय समाजसेवी अमर सेलिङ, जीवन चिमोरियालगायतले मन्तब्य राखेका थिए । बिहीबार हाँस्य कलाकार उमेश राई ‘फुलनदेकी आमा’ र नायिका सिर्जना सुब्बाको प्रस्तुती रहेको थियो भने शुक्रबार भोजपुर आइडल मिलन खत्रीको दमदार प्रस्तुती रहेको थियो । विद्यालयका विद्यार्थीहरुले समेत साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
    वि.स.२०२२ सालमा स्थापित सो विद्यालयमा हाल कक्षा–१० सम्म पढाई सञ्चालन भइरहेको छ । हाल नर्सरीदेखि कक्षा–१ सम्म अंग्रेजी माध्यममा समेत पढाई सञ्चालन भइरहेको र आगामी शैक्षिकशत्र २०७६ मा कक्षा–५ सम्म पुर्याइने विद्यालयले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…