• विजय धिमाल

    उर्लाबारी १८ फागुन । मिस धिमाल २०१९ को उपाधी उर्लाबारी—९ आम्बारीकी निमा धिमालले जितेकी छिन् ।
    मिस धिमाल २०१९ शुक्रबार राति भएको फिनालेमा निमाले १९ प्रतियोगीलाई पछि पार्दै निमाले उपाधि जितेकी हुन् । उनलाई मिस धिमाल २०११ कि विजेता अनु धिमालले ताज पहिर्याएकि थिईन् । उपाधी विजेताले ताज सहित नगद १ लाख रुपैया प्राप्त गरेकी छिन् । त्यस्तै प्रतियोगीताको फस्ट रनरअप बिर्तामोडकी प्रतिमा धिमाल भईन् । उनले ताज सहित नगद ५० हजार रुपैयाँ प्राप्त गरिन भने सेकेन्ड रनरअप बेलबारीकी रविना धिमाल भईन् । उनले ताज सहित नगद ३५ हजार प्राप्त गरिन् ।

    त्यस्तै सब टाइटलहरुमा मिस एक्टिभ सृजना धिमाल, मिस क्याटवक निशा धिमाल, मिस फोटोजेनिक एलिना धिमाल, मिस डिसिप्लिन अनिशा धिमाल, मिस चार्मिङ लक्ष्मी धिमाल, मिस पर्सनालिटि प्रतिमा धिमाल, मिस बेष्ट फिगर अनुसा धिमाल, मिस फ्रेन्डसिप निमा धिमाल, मिस पब्लिक च्वाईस सुजता धिमाल, मिस ट्यालेन्ट निशा धिमाल भईन् । उनीहरुलाई नगद १० हजार प्रदान गरियो । प्रदेश नम्बर १ का सांसद कुलप्रसाद साम्बको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष तेजबहादुर लगायतको आथित्यता रहेको थियो । अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल युवतिहरुको प्रतिभा प्रष्फुटन तथा क्षमता अभिबृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको कार्यक्रमका संयोजक सुनिल धिमालले जानकारी दिए । उनले कार्यक्रम सम्पन्न गर्न साथ सहयोग पुर्याउने संघसंस्था,सहयोगीदाता,सञ्चारमाध्यम सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामि दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा राखेको बताए ।

    https://www.youtube.com/watch?v=BIdI3lnSPdc&t=4s&fbclid=IwAR39iMSVnLU213sXUsjvlOcNFa2NtxFtjdALUeONJjxsCdjH6QxUq-8tyL4

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…