• फाल्गुन १७, पथरी ।
    घट्ना भएको ४८ घण्टा वितिसक्दा पनि प्रहरीले फितलो अनुसन्धान गरेको भन्दै परिवारले अझै शव बुझ्न मानेका छैनन् ।
    मोरङको पथरीमा रहेको एक व्यापारिक भवनको सिक्का वार एण्ड लञ्जमा विहिवार राति पथरीशनिश्चरे ७ वस्ने षडराज तामाङ केहि साथिहरुको साथमा सो वारमा पुगेका थिए ।
    साथीहरुको समुहमा वारमा रहँदा अर्को पक्ष सग विवाद भएको वताईएको छ विवाद भएपछि आपशी समजदारीमा सो विवादको समाधान भएको र पुन अर्को विवाद हुन लागेपछि प्रहरीले जानकारी पाएर घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल वजगाईले वताए ।
    प्रहरी वारमा पुगेर उत्पन्न विवाद समाधानका लागि प्रयास गरेको सिसि टिभिको रेकर्डमा देखीन्छ ।
    भवनको ५ औ तलमा रहेको सो वारमा भएका ग्राहक हरुलाई वाहिर निकाल्ने क्रममा तामाङ तल्लो तलाको पूर्व पट्टि रहेको खुल्ला ठाँउतिर गएको र उनि फर्कीएर नआएको प्रहरीले क्यामराको रेकर्डमा रहेको जानकारी दिएको छ ।
    सो ठाँउ खुल्ला भएकोले तामाङको मृत्यु सोहि ठाँउ वाट झरेर भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल वजागाईको भनाई रहेको छ ।
    यसरी प्रहरी नै घट्नास्थलमा हुदा हुदै एक युवाको ज्यान जादा सम्म प्रहरी भने बेखवर देखीन्छ ।
    पथरीशनिश्चरे ७ बस्ने अन्दाजी २७ वर्षीय षडराज तामाङको बिहीबार राती अन्दाजी साढे १० बजे भवनको पूर्व पट्टि भएको खुल्ला ठाउँ देखी तल रहेको सडकमा तामाङ लाई रगताम्य भएको अवस्थामा फेला पारेपछि प्रहरीले उपचारका लागि पथरी हस्पीटल पु¥याउदा हस्पीटलले तामाङको मृत्यु भईसकेको भन्दै प्राथमिक उपचार नै नगरको हस्पीटलले जनाएको छ । त्यसपछि प्रहरीले तामाङको शवलाई उर्लावारीको मंगलवारे अस्पताल लगेको अस्पताल स्रोतको भनाई रहेको छ ।
    घटना घटिसके पछि सोही स्थलमा रहेको प्रहरीले तामाङका साथमा रहेका साथीहरुलाई नियन्त्रमा लिएर आवश्यक सोधपुछका लागि ईलाका लगेको थियो भने वारका सञ्चालक हरुलाई भने भोली पल्ट तामाङका आफ्न्तले दवाव दिएपछि ईलाका झिकाएर अनुसन्धान थालेको हो ।
    सोही दिन वारमा भएको विवादमा परेका दमकका ग्रहक हरुलाई पनि प्रहरीले शनिवार ईलाका झिकाएर सोधपुछ गरेको छ ।
    घटना घटेको लामो समय सम्म पनि प्रहरीले घटनाको सत्यतथ्य वाहिर ल्याउन नसकेपछि तामाङका आप्mन्तले प्रहरीले सत्यतथ्य ढाकछोप गर्न खोजेको वताएका छन् ।
    भाईको मृत्युमा पिडा सहन गरिरेकी दिदी टिका तामाङ भन्छिन् –प्रहरीले न्याय दिलाउनु भन्दा पनि न्यायलाई ढाकछोप गर्दै सत्यतथ्य लुकाउन खोजेको र पिडित पक्षको भन्दा पनि अन्य पक्षको आवाज सुनेर घट्नाको वास्तविकता ओझेलमा पार्न खोजेको छ ।
    प्रहरीको कार्यमा शंका गर्दै तामाङका आफन्तले उर्लावारीको मंगलवारे अस्पतालमा पोष्टमार्टमका लागि लगिएको शव धरानको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान सहमति जनाउदै शनिवार दिउसो प्रतिष्ठान लगिएको तामाङकी दिदीले वताईन ।
    साथै उनले पोष्टमार्टम भएपछि पनि प्रहरीले घटनाको सत्यतथ्य वाहीर नल्याउनजेल भाईको शव नवुझने वताएकी छिन । मृतक तामाङकी श्रीमती हाल ५ महिनाकी गर्भवती भएको उनकी बहिनी पुष्पा तामाङले वताईन् ।
    प्रहरीले तामाङको मृत्यु खसेर भएको भन्दै आएको छ भने आफ्न्त भने हत्या भएको भन्दै सत्यतथ्य छानविन गरि पाउ भन्दै ईलाका प्रहरी कार्यलयमामा वाक्लो सङख्यामा उपस्थित भएका छन्

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…