• झापा । मोफसलकै चर्चित फुटबल प्रतियोगिता झापा गोल्डकपको चौथो संस्करण शनिबारबाट सुरु भएको छ । उद्घाटन खेलमा आयोजक झापा ११ एफसीले जित दर्ता गरेको छ ।
    बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न उद्घाटन खेलमा झापाले पोखराको सहारा फुटबल क्लबलाई २—० गोलअन्तरले पराजित गरेको थियो । झापा ११ को जितका लागि खेलको ४० औँ मिनेटमा झापाको विदेशी खेलाडी काजिम बुखारीले गोल गर्दै गोलको खाता खोलेका थिए । त्यस्तै क्याप्टेन कर्ण लिम्बुको स्थानमा मैदान प्रवेश गरेका संयोग राईले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । घरेलु मैदानमा दर्शकको भरपुर समर्थन पाएको झापाले खेलको पहिलो हाफमा सहारालाई दबाबमा राखेको थियो ।
    खेलको म्यान अफ दि म्याच झापा ११ का संजोग राई घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । आइतवारको खेल मोरङ ११ र ससशस्त्र प्रहरीबिच हुने आयोजकले बताएको छ । आगामी फागुन २७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हङकङ नेप्लिज एकाडेमीसहित १० टिम सहभागी छन् । विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…