• काठमाडौं। पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ। लामो समयदेखि थलिएका अधिकारी अचेत भएपछि ह्याम्स अस्पतालको भेन्टिलेटरमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ।

    धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत अधिकारीको आइसियुमा राखेर उपचार हुँदै आएकामा एकाएक अचेत भएका छन। श्वासप्रश्वास लगायत अन्य समस्या देखिएपछि अधिकारीको माघको दोस्रो हप्तादेखि ह्याम्स अस्पतालमा उपचार भइरहेको हो।

    ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या संगै ‘निमोनिया’बाट समेत पीडित रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन।
    वरिष्ठ छातीरोग विशेषज्ञ अर्जुन कार्की, डा. रक्षा पाण्डे, डा. सविन कोइराला लगायत चिकित्सक उनको उपचारमा संग्लग्न छन्। लामो समयदेखि छातीको संक्रमणबाट पीडित उनलाई अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटकपटक दोहोरिएको थियो।

    पुस २३ देखि अस्वस्थ भएर शुरुमा मेडिसिटी अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। त्यसपछि फेरी उहालाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…