• फागुन १८, मेचीनगर ।स्वर्गीय निर्मल राई स्मृति मेचीनगर स्तरीय अन्तर माबि छात्र भलिवल प्रतियोगिता आजबाट सुरु भएको छ ।
    अरुणोदय आवासीय माबि मेचीनगर–६ स्थित को आयोजनामा भएको प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा अरुणोदय आवासीय माबि काकरभिट्टा, होलिबेल इङलिस स्कुल धुलाबारी, पशुपति बोर्डिङ स्कुल काकरभिट्टा, इष्ट होराईजन अंग्रेजी माबि धुलाबारी विजयी हुदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
    पहिलो खेलमा आयोजक अरुणेदय आवासीय माबिले माउन्ट पोईन्ट चारआलीलाई २५÷२२, १३÷२५ र २५÷१८ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्यस्तै दोस्रो खेलमा होलीबेल अंग्रेजी माबि धुलाबारीले सरस्वती शिक्षा सदन धुलाबारी लाई २५÷१४, २५÷९ को सोझो सेटमा हराउदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा पशुपति माबि काकरभिट्टाले आदर्श बिद्या मन्दिर धुलाबारीलाई २५÷१५, २५÷१९ को सोझो सेटमा हराउँदै दोस्रो चरणमा प्रबेश गरेको हो ।
    त्यस्तै चौथो खेलमा दन्तकाली बोर्डिङ स्कुल धुलाबारी खेलमा अनुपस्थित भएपछि वाक ओभर पाउदै फाईभ स्टार बोर्डिङ स्कुल अघिल्लो चरण प्रवेश गरेको छ । पाँचौ खेलमा ईष्ट होराईजन माबि धुलाबारीले मेची मोडल एकाडेमी काकरभिट्टालाई २५÷११, २५÷१४ को सोझो सेटमा हराउदै क्वाटर फाईनल प्रवेश गरेको छ । त्यस्तै आजै भएको पहिलो क्वाटरफाईनल खेलमा सनसाईन ईटाभट्टालाई २५÷५, २५÷१६ को सोझो सेटमा हराउँदै आयाृेजक अरुणोदय आवासीय माबि सेमिफाईनल प्रवेश गरेको छ । भोली बाट बाँकी क्वाटरफाईनलका खेलहरु हुने खेल संयोजक राजकुमार बिश्वकर्माले जानकारी दिनुभयो ।
    प्रतियोगिताकोे उद्घाटन झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शङ्खर थापाले गरेका थिए ।
    कार्यक्रममा जिल्ला भलिबल संघ झापाका सचिब खडानन्द खतिवडा, मेची उद्योग बाणिज्य संघका महासचिब धु्र्रब कनाल, नाईचेस क्लब काकरभिट्टाका उपाध्यक्ष राजु पौडेल, सुनचाँदि ब्यबसायी संघ जिल्ला उपाध्यक्ष टोलबहादुर सुनार, लगायतको आतिथ्य रहेको थियो । बिद्यालय सञ्चालक समितिका अध्यक्ष भगिरथ राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन बिद्यालयका सह प्रिन्सिपल जीआर धितालले गरेका थिए । खेल सम्योजक कुमार बिश्वकर्माले स्वागत गरेको कार्यक्रममा प्रतियोगिताको औचित्य माथि बिद्यालयका प्रिन्सिपल दुर्गाबहादुर लुईटेलले गर्नुभएको थियो ।

    जिल्ला भलिबल संघको प्राबिधिक सहयोगमा सञ्चालन भईरहेको खेलको मुख्य निर्णयकको रुपमा राष्ट्रिय रेफ्री हेमा थापा तथा सहायक रेफ्रीमा काजी गुरुङ रहनु भएको छ । फागुन १८ गतेदेखि २० गते सम्म सञ्चालन हुने प्रतियोगितामा मेचीनगरका १४ वटा निजी विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १५ हजार, उपविजेताले १० हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभरको उत्कृष्ट स्पाइकर, लिफ्टर, डिफेन्स, सरभरलाई ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । यससंगै फाइनल खेलको दिन अरुणोदय आवसीय मावि र पत्रकार टोलीवीचको मैत्रिपुर्ण खेल समेत हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…