• पोखरा,१८ फागुन – आहा रारा गोल्डकपको उपाधि रुस्लान थ्री स्टार क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको हो।

    सडन डेथमा थ्री स्टारले आर्मीलाई ५–४ ले पराजित गरेको हो। निर्धारित समयको खेलमा १–१ को बराबरी खेले पछि समय थप गरिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

    खेलमा सुरुवाती अग्रता भने आर्मीले लिएको थियो। आर्मीका लागि टेकबहादुर बुढाथोकीले खेलको पाँचौ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। पहिलो हाफको अन्तिम मिनेटमा रञ्जित धिमालले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए।

    अतिरिक्त समयको पहिलो हाफमा आर्मीका विमल पाण्डेले गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाए । तर दोस्रो हाफमा पिटर सेगुनले गोल गर्दै खेल बराबरीमा ल्याए।

    आर्मीका लागि भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र टंक बस्नेतले गोल गरे। थ्री स्टारका रञ्जित धिमाल, रुपेश केसी, विक्रम लामा, अन्नत तामाङ गोल गरेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…