• धरान / किरात राई यायोक्खाको तीन दिने १० औं राष्ट्रिय महाधिवेशन शनिबारदेखि शुरु भएको छ ।
    इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान, १ नं। प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आह्वान’ भन्ने मूल नाराका साथ धरानमा किरात राई यायोख्खाको केन्द्रीय अविधेशन शुरु भएको हो । महाधिवेशनको उद्घाटन प्रदेशका मुख्यमन्त्री शेरधन राईले गरे ।

    भानुचोकमा आयोजित समारोहमा प्रमुख अतिथि एवं मुख्यमन्त्री राईले ढोल र प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले झ्याम्टा बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए । महाधिवेशन उद्घाटन अघि विसाल झाँकीसहित र्याली निस्किएको थियो ।

    १८, १९ र २० गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ ।
    महाधिवेशनमा १ हजार भन्दा बढी प्रतिनिधि पर्यवेक्षकले सहभागिता रहेको छ । देशभरिका २६ जिल्ला कार्य समिति, २८ भाषिक, थरगत संस्था, ८ भातृ सङ्गठन, ८ सम्बन्ध संस्था तथा भारत, हङकङ, बेलायत, अमेरिका, अष्टे«लिया, जापान, क्यानडा, दक्षिण कोरिया, वेल्जियम, युरोप, कतार, मेलेसिया, दुबई लगायत –१७ वटा विदेशका शाखाबाट प्रतिनिधि पर्यवेक्षकले सहभागिता रहेको केन्द्रीय अध्यक्ष तिलक राईले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…